काठमाण्डौ । एक्स्ट्रिम इनर्जी ड्रिंकले जाडो मौसमलाई लक्षित गर्दै उपभोक्ताका लागि आकर्षक उपहार योजनासहितको ‘विन्टर अफर’ सार्वजनिक गरेको छ।
बजारमा नयाँ स्वादका इनर्जी ड्रिंक उपलब्ध गराएको अवसरमा कम्पनीले उपभोक्तालाई सुनको क्यान जित्ने अवसर प्रदान गर्ने गरी विशेष योजना ल्याएको हो।
कम्पनीका अनुसार यो योजनाअन्तर्गत एक्स्ट्रिम इनर्जी ड्रिंक खरिद गर्ने उपभोक्तामध्ये ६ जना भाग्यशाली विजेताले सुनको क्यान प्राप्त गर्नेछन्।
योजनामा सहभागी हुन उपभोक्ताले एक्स्ट्रिम इनर्जी ड्रिंकको कुनै पनि स्वादको क्यान खरिद गरी त्यसमा रहेको क्यूआर कोड स्क्यान गर्नुपर्नेछ। क्यूआर कोड स्क्यान गरेपछि आवश्यक विवरण भरेर उपहार योजनामा सहभागी हुन सकिने कम्पनीले जनाएको छ।
कम्पनीले प्रत्येक महिना राष्ट्रिय टेलिभिजनमार्फत लक्की ड्र सञ्चालन गरी विजेताहरूको नाम सार्वजनिक गर्ने जनाएको छ।
एक्स्ट्रिमले क्लासिकसहित पाँचवटा स्वादका इनर्जी ड्रिंक बजारमा उपलब्ध गराएको छ। नयाँ स्वादको विस्तारसँगै उपभोक्तालाई आकर्षित गर्ने र ब्रान्डप्रतिको विश्वास बढाउने उद्देश्यले उपहार योजना ल्याइएको कम्पनीको भनाइ छ।
कम्पनीले विशेषगरी युवा पुस्तामाझ आफ्ना उत्पादनको लोकप्रियता विस्तार गर्नुका साथै ग्राहकसँगको सम्बन्ध थप सुदृढ बनाउने लक्ष्य राखेको छ।
जाडो मौसममा उपभोक्तालाई नयाँ स्वादको अनुभवसँगै आकर्षक पुरस्कार जित्ने अवसर प्रदान गर्न यो अभियान सञ्चालन गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार उपभोक्ताबाट प्राप्त माया र विश्वासको कदर गर्दै विशेष उपहार योजनामार्फत ग्राहकलाई थप प्रोत्साहित गर्ने उद्देश्य राखिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।