बुधबार, असार १०,२०८३ 05:22:59
Bizshala
  • बुधबार, असार १०,२०८३ 05:22:59
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

लामो बिदापछि खुलेको बजार उच्च अंकले किन घट्यो ? यसो भन्छन ब्रोकर र लगानीकर्ता

Laxmi Sunrise Bank Limited
लामो बिदापछि खुलेको बजार उच्च अंकले किन घट्यो ? यसो भन्छन ब्रोकर र लगानीकर्ता

काठमाण्डौ। दशैं बिदा सकिएको लामो अन्तरालपछि खुलेको बजार आज उच्च अंकले घटेको छ । आज बजार खुलेदेखि नै एकहोरो अंकले गिरावट देखियो । बजार घट्दा कारोबार भने सामान्य अवस्थामा नै देखिन्छ । यसरी बजारमा  एकाएक उच्च अंकको गिरावट आएपछि बजारमा लगानीकर्ताबीच अन्यौलता आएको छ ।  

प्रायः दशैंतिहारको बीचमा बढ्ने गरेको बजार यसपटक भने कारोबारको पहिलो दिन नै घटेको छ ।  

जेनजी आन्दोलन पछि खुलेको बजार पनि पहिलो कारोबारमा ६ प्रतिशत भन्दा बढीले घटेको थियो । तर पछिल्लो कारोबारमा भने सम्हालिने प्रयास गरेको बजार फेरि घट्न थालेको छ । जसलाई केही लगानीकर्ताहरुले अप्रत्यासित भनेका छन् भने केहीले भने स्वभाविक रुपमा नै लिुनु पर्ने बताएका छन् ।  

New Office
CG Motors
Garima Development Bank

यसै विषयलाई केन्द्रित रहेर आज हामीले मोफसलका ब्रोकर हाउसहरुमा भेटिएका केही लगानीकर्ताहरु तथा ब्रोकरहरुसँग जिज्ञासा राखेका छौं। सनी सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ४२)को शाखा कार्यलय पोखरामा भेटिएका केही लगानीकर्ताहरुले आज बजार घट्नुमा २–३ वटा कारण रहेको बताएका छन् । लगानीकर्ताहरुका अनुसार आज बजार घट्नुमा राजनीतिक कारण नै मुख्य हो । अस्थिर राजनीतिमा बजारमा ठूलो लगानी नभित्रिने भएकाले बजार घट्न पुगेको उनीहरुको तर्क रहेको छ। एकलगानीकर्ताले भने, ‘पहिले बलियो सरकार हुँदाको अवस्थामा त लगानीकर्ता ढुक्क थिएनन् । अहिलेको दल बिनाको सरकारमा लगानीकर्ताहरुले विश्वास कम हुने नै भयो । दोस्रो कारण भनेको असोज मसान्तको ब्याजको प्रभाव पनि हो । दशैं अगाडि किनेर दशैं पछि बेच्ने पहिलेको टेन्डको आधारमा पनि लगानीकर्ताहरु चल्ने गर्छन । जसको कारण दशैं पछि बिmत्री दबाब आएको हो ।’  

त्यसै गरि त्रिशक्ति सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४८) मा भेटिएका केही लगानीकर्ताहरु तथा ब्रोकरले आज बजार घट्नुमा बजारमा चौतर्फी नकारात्मक समचार नै मुख्य कारण रहेको प्रतिकृया दिए । फेरि जेनजीको आन्दोलनको हुने हल्लाले समेत लगानीकर्ताको मनोबल घटेको उनीहरुको धारणा छ । ‘काठमाण्डौमा अस्थाई प्रहरी बिट् हटे भन्ने समाचार आएको छ । त्यस्तै गभर्नर र अख्तियार प्रमुख जस्ता व्यक्तिलाई हटाउने भन्ने समाचार पनि आएका छन् । यही कारणले नै आज बजारमा बिक्री दबाब आएको हो,’ एक लगानीकर्ताले भने ।

यहाँ भेटिएका लगानीकर्ताहरुले पनि असोज महिनाको ब्याज तिर्नु पर्ने , चाडपर्वको खर्चको जोहो गर्नु पर्ने तथा व्यापारिहरुले तिहारको सामान आयात गर्न पनि सेयर बेचेको हुन सक्ने आँकलन गरे ।  

त्यसैगरि अस्थिर राजनीति र आन्दोलनको कारणले पनि आज बजार घटेको केही लगानीकर्ताहरुले दाबी गरे । यसै ब्रोकरमा भेटिएका केही प्राविधिक विषय समेत नियाल्ने लगानीकर्ताहरुले बजार २५८० भन्दा तल जान नहुने तर्क पनि गरे । ती लगानीकर्ताहरुका अनुसार यदि बजार त्यहाँबाट पनि तल गएको खण्डमा भने केही समय वियरिस यात्रा पनि तय हुन सक्नेछ । केही लगानीकर्ताहरुले भने आज बजार घट्दा कारोबार नबढ्नु सकारात्मक पक्ष रहेको तर्क गरे । ती लगानीककर्ताका अनुसार आज बजार घट्नुमा प्राकृतिक विपत्तीमा जलविद्युत क्षेत्रमा परेको दबाब पनि मुख्य कारण हो ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.