काठमाण्डौ । सेयरबजार दुईदिन बन्द हु्ने भएको छ । सरकारले असोज १९ र २० गते सार्वजनिक बिदा दिने निर्णय गरेकाले आज र भोलि गरी दुईदिन सेयरबजार बन्द हुने भएको हो ।
हाल देशभर भईरहेको भारी वर्षालाई मध्यनजर गर्दै सरकारले दुईदिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
दशैंको बिदापश्चात आजदेखि नियमित रुपमा सेयरबजार खुल्ने तय भएको थियो । तर मौसमजन्य विषम परिस्थितीका कारण सेयरबजार लगायत सम्पूर्ण वित्तीय संस्था, सरकारी कार्यालय र शैक्षिक संस्था बन्द हुन लागेको हो ।