बिहीबार, बैशाख ३१,२०८३ 04:33:58
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 04:33:58
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

बजार बुझेकाहरु दशैंपछि नेप्सेले लय समात्नेमा ढुक्क, मारवाडी समुदायले सेयर नकिन्नुको यस्तो कारण

Laxmi Sunrise Bank Limited
बजार बुझेकाहरु दशैंपछि नेप्सेले लय समात्नेमा ढुक्क, मारवाडी समुदायले सेयर नकिन्नुको यस्तो कारण
Shivam Cement

काठमाण्डौं । सधैंको दशैंको विदाअघिका दिनहरुमा बजार प्राय बढ्ने नै गरेको देखिन्छ । अघिल्ला दशैंमा सेयर किनेर लगानीकर्ता घर जान्थे । अहिले पनि ब्रोकरहाउसमा लगानीकर्ताहरुले भनिरहेका हुन्छन्: सेयर किन्ने हो, टीका लगाएर पछि दक्षिणाको पैसामा थपथाप गरेर तिर्ने हो । तर लगानीकर्ताहरुले यसो भन्दै गर्दा दशैंको विदा हुनुभन्दा २ दिनअघिको सेयर बजार घटेर बन्द भयो ।  

ब्रोकरहाउसमा भेटिएका कतिपय लगानीकर्ताहरुले भने आजको बजारमा गिरावट आउनुमा असोज मसान्तको प्रभाव रहेको बताँउछन् । अर्थशास्त्री सूर्यनारायण पौडेल पनि यसमा सहमत छन् । पौडेल भन्छन्-'यो समय भनेको चाडपर्वको हो । असोजको सामान्य प्रभाव पनि हुनसक्छ । तर भोलिदेखि असोज मसान्तको प्रभाव पनि सकिन्छ ।  आजको बजारलाई घटेको भन्दा पनि बजार साइडवेजमा चलेको भन्न सकिन्छ ।' 

Bizshala
New Office
CG Motors

पछिल्लोपटक २४४० बाट फर्केको बजार त्यो भन्दा माथि रहुञ्जेल बजार साइडवेज नै हुने उनको भनाई छ ।  

प्राविधिक रुपमा आजको क्याण्डल रातो बनेता पनि अघिल्लो क्याण्डलभित्रै बनेको छ । त्यसैले बजार धेरै नकारात्मक नरहेको जानकार बताउँछन् ।  

यसरी नै गएको बजार पनि दीगो हुने पौडेलको पनि तर्क छ । 'बजार घट्दा भोलुम पनि घट्नु स्वभाबिक नै हो । किनकी बेच्नेले पनि घटाएर बेच्न चाहेनन् । दशैंपछि भने बजार अप ट्रेन्डमा जाने सम्भावना देखिन्छ ।'- उनले भने । 

Garima Development Bank
Shivam Cement
IME remit

आफूलाई अर्थशास्त्रको विद्यार्थी बताउने अर्जुन थापा पनि अहिले घटेको बजार दशैं पछाडि लयमा फर्किनेमा ढुक्क छन् । 'किनकी सेयर बजारप्रति अर्थमन्त्री पनि सकारात्मक छन् । उनी बोलेको बोल्यै छन् । अहिले ब्याज पनि सस्तो छ । यो समय भनेको सस्तो ब्याजको पैसाले लगानी गरेर बस्ने समय हो ।' उनले भने-'आज घट्नुमा भने अघिल्ला दिनहरुमा केही अंक बढेको कारण सामान्य नाफा बुक मात्रै हो ।'  

भिजन सेक्यूरिटिज(स्टक ब्रोकर नम्बर ३४)का सञ्चालक राजकुमार तिमिल्सिनाले भने-'सोह्रश्राद्ध रहुञ्जेल मारवाडी समूहले सेयर खरिद गर्दैनन् । उनीहरुले यसलाई पितृ पक्ष भन्दै नयाँ काम नगर्ने भएका कारण पनि सेयर बजारमा कारोबार र भोलुम पछिल्लो समय कम भएको छ ।'  

कुराकानीको क्रममा उनी पनि बजारले दशैंपछि भने गति लिनेमा ढुक्क देखिए ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.