सोमबार, भाद्र १,२०८३ 09:43:59
Bizshala
  • सोमबार, भाद्र १,२०८३ 09:43:59
Bizshala
Global IME Bank Limited

कार्तिक महिनामा जम्मा १७ दिनमात्रै सेयर कारोबार हुने, कस्तो रहला बजारको अवस्था ?

Prabhu Bank Limited
कार्तिक महिनामा जम्मा १७ दिनमात्रै सेयर कारोबार हुने, कस्तो रहला बजारको अवस्था ?
New Office

काठमाण्डौ । आजबाट असोज महिना सकिएको छ । असोज महिनामा दशैं परेकाले जम्मा १५ दिनमात्रै सेयर बजार खुलेको छ । त्यसैगरि कार्तिक महिनामा पनि तिहार तथा छठपर्व परेकाले यो महिना जम्मा १७ दिनमात्रै सेयर कारोबार हुनेछ ।  

कार्तिक महिनामा १५ गतेदेखि १९ गतेसम्म तिहार बिदा परेको छ । कार्तिक २२ गते छठ पर्व परेको छ । यो महिना सार्वजनिक बिदा परेको तथा शुक्रबार र शनिबार सेयर कारोबार नहुने भएको कारण जम्मा १७ दिन सेयर कारोबार हुने भएको हो । नेपालमा एक बर्षमा झण्डंै २२०  दिनमात्रै सेयर कारोबार हुने गर्छ ।  

CG Motors

कस्तो रहला कार्तिक महिनाको सेयर कारोबार ?

नेपालको सेयर बजार प्रायःभदौ महिना बढ्ने र चाडपर्वमा केही सुस्त रहने भएको कारण यो महिना प्रायजसो सेयर बजार औषत नै रहने गर्छ ।

बजार जानकार दामोदर गजुरेलको बिचारमा पनि प्रायःअसोज महिनमा सप्लाई सकिने बताउँछन् । गजुरेल भन्छन्, ‘अब अन्य व्यापारको पैसा पनि विस्तारै बजारमा आउँछ । हिजोको नेपाल राष्ट्र बैंको डेटाले रेमिट्यान्स बढेको देखाएको छ । रेमिट्यान्सको पैसा सबै उपभोग हुँदैन । अहिले जग्गामा भन्दापनि सेयरमा नै छिटो फाइदा हुने गर्छ । चाहेको बेला बेच्न सकिन्छ ।’  

उनी भन्छन्, ‘प्राविधिक रुपमा पनि सबै इन्डिकेटरले खरिदको सिग्नल दिएका छन् । आज भोल्युम पनि बढेको छ । मनी फ्लो इन्डेक्स बुलिस देखिन्छ । यसले स्मार्ट मनी बजारमा पसेको छ भन्ने हो । यो समयमा रिक्स भन्दा रिवार्ड बढी देखिन्छ । अहिले लाभांशको सिजन पनि भएको कारण बजारले अब माथि नै जाने सम्भवना रहेको गजुरेलको तर्क रहेको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.