काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले ब्रोकर कम्पनीहरुलाई गुनासो सुनुवाईका लागि आवश्यक प्रबन्ध गर्न निर्देशन दिएको छ । नेप्सेले एक सूचना जारी गर्दै धितोपत्र कारोबार सञ्चालन तथा कारोबार व्यवस्थापन प्रणाली(टीएमएस)सञ्चालन सम्बन्धी जिज्ञासा तथा सञ्चालनका क्रममा लगानीकर्ताहरुले भोगेका विभिन्न समस्या एवं गुनासाहरु बारे सम्बोधन गर्न निर्देशन दिएको हो ।
नेप्सेले लगानीकर्ता तथा सरोकारवालाहरुबाट टीएमएस सम्बन्धी विभिन्न गुनासाहरु प्राप्त भएकाले त्यस्ता समस्यालाई यथाशिघ्र समाधान गर्न र यसका लागि प्रबन्ध मिलाउन भनेको छ ।