काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत(सीईओ) चुडामणि चापागाईंले नियुक्ति पत्र बुझेका छन् । मंगलबार राजस्व सचिव दिनेशकुमार घिमिरेले चापागाईंलाई नियुक्ति पत्र प्रदान गरेका हुन् ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले चापागाईंलाई नेप्सेको सीईओ नियुक्त गरेको थियो ।
चापागाईंसँग वित्तीय क्षेत्रमा लामो समय काम गरेको अन्भव छ । उनी सानिमा बैंक तथा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्समा लामो समय आवद्ध थिए ।