आईतवार, असार १४,२०८३ 06:38:34
Bizshala
  • आईतवार, असार १४,२०८३ 06:38:34
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अन्तिम १५ मिनेटको व्यवस्था हटाउन लगानीकर्ताको माग, बजारको सेन्टिमेन्ट बिगारेको गुनासो

Laxmi Sunrise Bank Limited
अन्तिम १५ मिनेटको व्यवस्था हटाउन लगानीकर्ताको माग, बजारको सेन्टिमेन्ट बिगारेको गुनासो

काठमाण्डौ । लगानीकर्ताले सेयरबजारमा रहेको अन्तिम १५ मिनेटको भारित औषत मूल्य हटाउन नेप्सेसमक्ष माग राखेका छन् । पूँजीबजारका सक्रिय लगानीकर्ता आदित्य पौड्यालले अन्तिम १५ मिनेटको व्यवस्था हटाउन आग्रह गर्दै साउन ३० गते नेप्सेमा निवेदन दिएका हुन् ।  

नेप्सेले लागू गरेको अन्तिम १५ मिनेटको व्यवस्था अवैज्ञानिक भएको र यसले पूँजीबवजारको विकास र स्थायित्वलाई नै प्रभाव पारेको बताउँदै उक्त व्यवस्था हटाउन माग राखेका छन् ।

New Office
CG Motors
Garima Development Bank

‘नेप्सेको निर्णयले सम्पूर्ण ६९ लाख लगनीकताको कालो दिन सुरु गरिदियो, सारा संसारमा कहिकतै नभएको नियम हामीमाथी प्रहार गरियो । यस्तो अवैज्ञानीक नियम जसको असर साना पूँजी भएका कम्पनीमा सबैभन्दा पहिले देखियो र हाल लिस्टेड सबै कम्पनीमा देखिदै आएको छ,’ निवेदनपत्रमा उनले लेखेका छन्, ‘ भाउ त बजारले देखाउने हो नियमले हैन भन्ने कुरा यहाँलाई थाहा नै छ । के दिन भरि ३ घण्टा ४५ मिनेटको कारोबार फर्जी हो ? जुन १५ मिनेट औसत गरियो त्यै १५ मिनेट एभरेज भइहाल्छ ,औषत १५ मिनेटमा कसैले ठूलो पैसाको काम तल र माथि भए भाउ बिग्रन्छ ।’  

उनले ठूला कम्पनीहरुको सेयरमूल्य तलमाथि गरिदा सम्पूर्ण इन्डेक्सको मनोविज्ञान र लगानीकर्ताको मनोबलमा ठूलो असर परेको बताएका छन् । यस्तै उनले यो व्यवस्थाका कारण प्राविधिक चार्ट समेत बिग्रने गरेकाले अध्ययन अनुसन्धानमा समेत प्रभाव परिरहेको गुनासो गरेका छन् ।  

यसका साथै अन्य सानापूँजी भएका कम्पनीको ठूलो कित्ता सेयर तलमाथि म्याच गर्दा बजार ध्वस्त भएको समेत दाबी गरेका छन् । निवेदनमा यस व्यवस्थाले ‘मास सेन्टिमेन्ट’मा समेत असर पारेको उल्लेख गरिएको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.