• बिहीबार, आश्विन २,२०८२ 01:30:07
Global IME Bank Limited

नेप्सेमा लाग्यो दोश्रो नेगेटिभ सर्किट, ४० मिनेटका लागि कारोबार स्थगित

Hyundai Nepal
नेप्सेमा लाग्यो दोश्रो नेगेटिभ सर्किट, ४० मिनेटका लागि कारोबार स्थगित
Shivam Cement

काठमाण्डौ । जेनजी आन्दोलनका कारण बन्द भई सेयर कारोबार खुलेको पहिलो दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचकमा पहिरो गएको छ ।  

जेनजी आन्दोलनका कारण लगानीकर्ताको गिरेको मनोबलको प्रतिबिम्ब बजारमा पनि देखिएको हो । फलस्वरुप, कारोबार सुरु भएको एकमिनेटमै नेप्से ४ प्रतिशतले घटेपछि पहिलो नेगेटिभ सर्किट लगाएर कारोबार २० मिनेटका लागि स्थगन गर्नुपरेको थियो । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

त्यसपछि पनि पुनः खुलाइएको बजारमा पहिरो जाने क्रम रोकिएन, बरु उल्टै बढ्यो । जसका कारण फेरि सुरु कारोबार सुरु भएको २ मिनेटमै बजार परिसूचक ५ प्रतिशतले घटेपछि दोश्रो सर्किट लगाएर कारोबार ४० मिनेटका लागि स्थगित गनुपरेको हो ।  

अब ४० मिनेटपछि पुनः खुल्ने बजारको गिरावटको यात्रा निरन्तर रह्यो भने र नेप्से ६ प्रतिशतले घट्यो भने बिहीबार(आज)का लागि सम्पूर्ण कारोबार रोकिनेछ ।  

खासगरी जेनजी आन्दोनलनका कारण देशभर विध्वंश मच्चिँदा र ठूलादेखि साना लगानीकर्ताहरुको सम्पत्ति, व्यवसायमा आक्रमण हुँदा सेयर बजारका लगानीकर्तामा पनि त्यसको नकारात्मक प्रभाव देखिएको हो ।  

नेप्सेमा सूचिकृत केही होटल तथा अन्य समूहका कम्पनीमा आन्दोलनकारीले ठूलो क्षति पुर्याएका छन् । 

देशभरको सार्वजनिक तथा निजी सम्पत्ति, सवारी साधन लगायतमा भएको क्षतिका लागि निर्जीवन बीमा कम्पनीहरुमा ३० अर्बभन्दा बढीको बीमा दाबी परिसकेको तथ्यहरु बाहिरिएका छन् । यसले बजारमा सूचीकृत निर्जीवन बीमा कम्पनीहरुको सेयरमा खरीद गर्न चाहने कोही छैनन्, सबै बिक्रीका लागि लाइन लागेर बसेका देखिएको छ ।  

देशमा मच्चिएको विध्वंशका कारण आर्थिक वृद्धिमै धक्का पुग्ने र जीडीपीको ग्रोथमै समेत समस्या हुने विश्लेषणहरु बाहिर आइरहँदा समग्र बजारलाई त्यसको लप्काले खाएको विश्लेषकहरु बताउँछन् ।  

उनीहरुका अनुसार देशको विषम राजनीतिक तथा आर्थिक परिस्थितिका कारण हच्किएका सेयर लगानीकर्ताको मनोबल नउकासेसम्म नेप्सेमा नेगेटिभ सर्किटको श्रृंखला अझै बढ्नसक्ने जोखिम छ ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.