भीषण पहिरो नरोकिएपछि नेप्सेको आजको कारोबार बन्द, अत्तालिए लगानीकर्ताः किन्ने छैनन्, बेच्नेको लर्को
काठमाण्डौ । जेनजी आन्दोलनका कारण बन्द भई सेयर कारोबार खुलेको पहिलो दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) केही मिनेटमै बन्द भएको छ । जेनजी आन्दोलनका कारण लगानीकर्ताको गिरेको मनोबलको प्रतिबिम्ब बजारमा पनि देखिएको हो । जसका कारण कारोबार खुलेदेखि नै बजारमा भीषण पहिरो गएको छ ।