आईतवार, असार १४,२०८३ 06:36:14
Bizshala
  • आईतवार, असार १४,२०८३ 06:36:14
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेको इन्स्योरेन्सका सेयरधनीले सर्वाधिक कमाए, प्रभु महालक्ष्मी लाइफसहित १५ बीमा कम्पनीको सेयरभाउ घट्यो

Laxmi Sunrise Bank Limited
नेको इन्स्योरेन्सका सेयरधनीले सर्वाधिक कमाए, प्रभु महालक्ष्मी लाइफसहित १५ बीमा कम्पनीको सेयरभाउ घट्यो

काठमाण्डौ । साताको चौथो दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १०.२५ अंकले घटेर २०८८ विन्दुमा सीमित भएको छ ।  

नेप्सेमा रहेका १३ उप समूहमध्ये म्यचुअुल फण्ड र बैंकिङ समूहबाहेक सबै समूह राताम्य भएका छन् ।  

New Office
CG Motors
Garima Development Bank

बीमा समूहका २ वटै उपसमूह घटेका छन् । जीवनबीमा समूह ०.३५ प्रतिशत र निर्जीवन बीमा समूह ०.२९ प्रतिशतले घटेको छ ।  

आज सर्वाधिक कमाउने अर्थात् सेयरभाउ बढ्ने बीमा कम्पनीमा नेको इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ १.८१ प्रतिशतले बृद्धि भई ८४५ रुपैयाँ पुगेको छ ।  

त्यस्तै, सानिमा जि आइसी इन्स्योरेन्सको ०.३५ प्रतिशत, नेपाललाइफको ०.३२ प्रतिशत, एशियन लाइफको ०.२९ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.२२ प्रतिशत, रिलायबल नेपाललाइफको ०.१८ प्रतिशत, र एलआइसी नेपालको ०.०७ प्रतिशतले सेयरभाउ बढेको छ ।  

आज सर्वाधिक गुमाउने अर्थात् सेयर भाउ घट्ने बीमा कम्पनीमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको २.०४ प्रतिशतले घटेर ५२९ रुपैयाँ कायम भएको छ ।  

त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको १.७६ प्रतिशत, सन नेपाल लाइफको १.६५ प्रतिशत, नेपाल इन्स्योरेन्सको १.५१ प्रतिशत, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १.२९ प्रतिशत, सिटिजन लाइफको १.१९ प्रतिशत, नेशनल लाइफको १.०२ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.७४ प्रतिशत, शिखर इन्स्योरेन्सको ०.६८ प्रतिशत, आइएमई लाइफको ०.५५ प्रतिशत, हिमालयन एभरेष्टको ०.४५ प्रतिशत, हिमालयन रि इन्स्योरेन्सको ०.४४ प्रतिशत, सलिकोको ०.२७ प्रतिशत, सुर्य ज्योति लाइफको ०.१९ प्रतिशत र राष्ट्रिय बीमा कम्पनीको ०.०७ प्रतिशतले बृद्धि भएको छ ।  

आज हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक २५ करोड १५ लाख रुपैयाँ माथिको कारोबार भएको छ । त्यस्तै, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ९ करोड ८१ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.