बुधबार, श्रावण ६,२०८३ 12:10:51
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 12:10:51
Bizshala
Global IME Bank Limited

चुनावपछि आधारभूत रुपमा बलिया कम्पनी चल्न सक्ने विज्ञको आँकलन, यी हुन् टप १० स्ट्रङ हाईड्रो

चुनावपछि आधारभूत रुपमा बलिया कम्पनी चल्न सक्ने विज्ञको आँकलन, यी हुन् टप १० स्ट्रङ हाईड्रो
New Office

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीवद्ध कम्पनीहरुमा हाइड्रो समूहका कम्पनीहरुको दबदबा छ । यो समूहअन्तर्गत हालसम्म ९७ वटा कम्पनी सूचीकृत छन् ।

सूचीकृत कम्पनीको संख्या धेरै भएकाले पनि यो समूह सदावहार लगानीकर्ताबीच चर्चामा रहने गर्दछ । साथै पछिल्लो समय सेयरबजारमा दीर्घकालिन लगानीकर्ता भन्दा बढी ट्रेडरहरु हावी छन् ।

धेरैजसो ट्रेडरले सर्ट टर्म वा मिड टर्मका लागि लगानी गर्ने हुँदा बढी हाइड्रो समूहका कम्पनी नै रोज्ने गर्छन् । नेप्सेमा रहेका अन्य समूहको तुलनामा हाइड्रो समूहका अधिकांश कम्पनी आधारभूत रुपमा कमजोर मानिन्छन् । सीमित कम्पनी बाहेक धेरैजसो कम्पनीको वित्तीय अवस्था र आधारभूत पक्ष कमजोर देखिन्छ ।

तर ट्रेडरहरुका लागि यस्ता आधारभूत पक्ष बलिया वा कमजोर भएको कम्पनीले कुनै अर्थ राख्दैन । ट्रेडरहरुले कम्पनीको आधारभूत पक्षभन्दा पनि प्राविधिक विश्लेषणको रुपमा सेयर खरिद गरेका हुन्छन्, जसकारण पछिल्लो समय फन्डामेन्टल रुपमा बलिया कम्पनीहरु ओझेलमा परेका छन् ।

दीर्घकालिन रुपमा लगानी गर्ने लगानीकर्ताहरुले भने आधारभूत रुपमा बलिया र वित्तीय अवस्था बलिया कम्पनीहरु नै रोज्ने गर्छन् । सेयरबजारले लय लिने हो भने फन्डामेन्टल रुपमा बलिया कम्पनीहरु चल्ने सेयर विज्ञहरु बताउँछन् ।

यतिबेला देशमा चुनावी माहोलका कारण सेयरबजारले गति लिन सकिरहेको छैन । दैनिक रुपमा बजारको भोल्युम घट्दो छ । सेयर लगानीकर्ताहरु चुनावतर्फ बढी केन्द्रित हुँदा बजारको कारोबार खुम्चिदै गइरहेको छ । विज्ञहरुका अनुसार अहिले जतिपनि बजारमा कारोबार भइरहेको छ, त्यो ट्रेडरहरुबाट भइरहेको कारोबार हो । यसर्थ अहिले बजारमा ठूला लगानीकर्ता तथा दीर्घ रुपमा लगानी गर्ने लगानीकर्ताहरु प्रवेश गरिसकेका छैनन् ।

विशेषगरी चुनावपछि बजारले नयाँ फड्को मार्न सक्ने सेयर विज्ञहरुको अनुमान छ । चुनावको मत परिणामपछि सेयरबजार एक लेभलमा पुग्न सक्ने नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डेको अनुमान छ ।

‘बजार सम्भवतः चुनाव मतपरिणामपछि बढ्न सक्ने अनुमान छ, चुनावपछि जुन सरकार बनेपनि देशको अर्थतन्त्र सुधार हुने र पूँजीबजारका लागि उपयुक्त पोलिसीहरु आउन सक्ने आम सेयर लगानीकर्ताहरुको अपेक्षा छ’ उनले भने, ‘सेयरबजारलाई मुख्यगरी साइकोलोजिकल पक्षले प्रभाव पार्ने हुँदा लगानीकर्ताको मनोबल बढेपछि मात्रै बजारले गति लिन सक्छ, र त्यो चुनावपछि मात्रै सम्भव छ ।

चुनावपछि सेयरबजारले लय समात्यो भने फन्डामेन्टल रुपमा बलिया कम्पनीहरु चल्न सक्ने उनले बताए । ‘यदि चुनावपछि सेयरबजारले गति लियो भने बजारमा फेरी फन्डामेन्टल रुपमा बलिया कम्पनीहरु चल्नेछन्’ उनले भने, ‘सम्भवतः चुनावपछि बजारले एक लेभल बनाउने देखिन्छ, लामो समयदेखि साइडवेजमै चलेको बजारले गति लिने सम्भावना बढी छ र चुनावपछि दीर्घकालिन लगानीकर्ताहरु पनि बजारमा प्रवेश गर्नेछन् ।’

हाइड्रो समूहअन्तर्गत सीमित कम्पनीहरु मात्रै फन्डामेन्टल रुपमा बलिया कम्पनी छन् । बजारमा धेरै हाइड्रो समूहकै चर्चा हुने भएकाले यो समूहअन्तर्गत बलिया कम्पनीहरुमा साहज उर्जा, राधी विद्युत कम्पनी, माण्डू हाइड्रो, मकर जितुमाया सुरी, मिड सोलु हाइड्रो, अप्पर हेवाखोला हाइड्रो, रुरु जलविद्युत, युनाइटेड इदी मार्दी, नेपाल हाइड्रो डेभलोपर्स र सिकलेस हाइड्रो छन् ।

चालु आवको दोस्रो त्रैमासिक रिर्पोटअनुसार यी १० कम्पनीको आधारभुत पक्ष अन्य हाइड्रो कम्पनीको तुलनामा बलियो देखिएको छ । यदि चुनावपछि सेयरबजारले गति लिएर फण्डामेन्टल रुपमा बलिया कम्पनीहरु चल्ने हो भने यी कम्पनीमा लगानी गर्दा पोर्टफोलियो बढ्न सक्ने सम्भावना रहन्छ ।

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो लेख चालु आवको दोस्रो त्रैमासको आधारमा तयार पारिएको हो । कारोबारका लागि सिफारिस भने होइन ।  

 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.