शुक्रबार, कार्तिक २,२०८१ 11:47:33
IME remit
  • शुक्रबार, कार्तिक २,२०८१ 11:47:33
IME remit
Global IME Bank Limited

नेप्सेमा उछाल आउँदा लगानीकर्ता भन्छन् ‘बजारमा अब दशैं आयो, श्रीमतिलाई भनिन्छ नमिठो खाईदैन’

Hyundai Nepal
नेप्सेमा उछाल आउँदा लगानीकर्ता भन्छन् ‘बजारमा अब दशैं आयो, श्रीमतिलाई भनिन्छ नमिठो खाईदैन’
Nabil Bank Limited

काठमाण्ठौं । विगत ३ वर्षदेखि निरन्तर ओरालो लागिरहेको सेयर बजारमा सुधारका संकेतहरु देखिन थालेका छन् । यो अवधिमा लगानीकर्ताहरु निकै पीडामा थिए । गएको ३६ महिनामा बजार ३२ सय विन्दुबाट खसेर १८ सय सम्म आएको थियो । २६ महिना भन्दा बढी समय बजार साइडवेज चल्यो ।  

बजारमा नयाँ आर्थिक वर्षसँगै नयाँ राजनितिक  सत्ता समीकरण बनेपछि लगानीकर्ताहरुको मनोबल राम्रै बढेको छ । आज बजार ७० अंकले बढ्दा ब्रोकरहाउहरुमा भने निकै उत्साह देखियो । आज सुरुवाति समयमा केही धर्मराएको बजार १२ बजे पछि भने क्रमशः सम्महालिन पुग्यो । सेक्योर्ड सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ३६) मा जम्मा भएका लगानीकर्ताहरु आज निकै उत्साहित देखिन्थे । यसै ब्रोकरमा भेटिएका पेशाले आफूलाई पूर्व शिक्षक बताउने एक लगानीकर्ताले भने, ‘हाम्रो त श्री सम्पति नै यही बजारमा छ । आज बजार ६० अंक भन्दा बढीले बढ्छ । सरकार र अर्थमन्त्री लगानीकर्ताले अपेक्ष गरे जस्तै आएका छन् । अब भने लगानीकर्ताका दुखका दिन गए ।’

यसबीचमा उनले आज हाईड्रो कम्पनीको सेयरमूल्यमा उछाल आउने आँकलन समेत गर्न भ्याए । ‘घर गएर अब श्रीमतिलाई  सेयर बजार बढेको छ, जति दुःख पाउनु पाइयो, अब नमिठो खाँइदैन भन्ने हो । बजार घट्दाको तितो अनुभव ओकल्दै उनले भने, ‘विगतमा घटेको बेला त साथीभाईलाई एक कप चिया खुवाउन पनि गाह्रो हुने रहेछ । अब त सेयर बजारले दिन थल्यो ।’

Bizshala
Shivam Cement
CG Motors

यसो भन्दै सेयर किन उठेर ती लगानीकर्ता ट्रेडिङ शखातर्फ गए । ट्रेडिङ शाखाबाट फर्केर आए पछि उनले फेरी मोबाइल लिएर डिस्प्लेको फोटो खिच्दै ठट्यौलि पारामा भने,‘ यो फोटो त राती पनि उठेर हेर्ने हो । बजार धेरै समयपछि हरियो भएको छ ।’  

यसै ब्रोकरमा भेटिएका अर्को एक लगानीकर्ता पनि बस नै बेचेर सेयर बजारमा लगानी गरेकोे बताए । ‘रुटमा चल्ने बस थियो । बसको पेशा पनि निकै गाह्रो हुने रहेछ । मैले त १५ लाख जतिमा बस बेचिदिए । त्यो पैसा सेयर बजारमा हाइड्रोमा लगानी  गरेको छु, फाइदा नै भएको छ  । मायाखोलाले निकै माया गरेको छ,’ ती लगानीकर्ताले भने ।  

राजधानीकै अर्को ब्रोकर भिजस सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ३४) मा पनि लगानीकर्ताहरु निकै उत्साहित थिए । त्यहाँ पनि लगानीकर्ताहरुले अब लगानीकर्ताहरुको कठिन समय सकिएको बताउँदै थिए । लगानीकर्ता सस्ता र राम्रा कम्पनीमा उछाल आउने तर्क गरिरहेका थिए । कोहि भने आज हाइड्रो कम्पनीको दिन भएको र केही दिन अझै जलविद्युतमा उछाल आउने दाबी गर्दै थिए । आज राजधानीका अधिकांश ब्रोकर हाउसहरुमा बजार बढ्दा निकै उत्साह छाएको थियो ।  

Mahalaxmi Development Bank
Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Nepal Investment Mega Bank Limited
IME remit
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.