काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले विभिन्न सामाजिक सञ्जालमा आउने प्रस्तावको आधारमा लगानी नगर्न आम सर्वसाधारणलाई आग्रह गरेको छ । सामाजिक सञ्जालमार्फत विभिन्न बहानामा लगानी गर्न आह्वान गरी सोझा सर्वसाधारणलाई फसाउने क्रम बढेसँगै नेप्सेले यस्तो आग्रह गरेको हो ।
‘फेसबुक, टिकटक, ट्विटर लगायतका सामाजिक सञ्जाल मार्फत आउने प्रस्तावका भरमा लगानी नगरौं, सेयर बजारमा कारोबार गर्दा लाइसेन्स प्राप्त सेयर ब्रोकर मार्फत गरौं,’ नेप्सेले जारी गरेको सूचनामा उल्लेख छ ।
पछिल्लो समय विभिन्न ग्रुप बनाएर कम्पनीको नामै किटान गरेर लगानी गर्न प्रस्ताव आउने क्रम बढेको छ । बजार प्रभावित पार्ने यस्ता क्रियाकलाप नियन्त्रण्मा नियामक निकायहरुको खासै ध्यान पुग्न सकेको छैन । आम सर्वसाधारणमा पनि वित्तीय ज्ञानको अभावका कारण यस्ता प्रभालनको पछि परी फस्ने गरेका छन् ।