सोमबार, श्रावण ११,२०८३ 10:20:03
Bizshala
  • सोमबार, श्रावण ११,२०८३ 10:20:03
Bizshala
Global IME Bank Limited

सामाजिक सञ्जालहरुमा आउने प्रस्तावको भरमा लगानी नगर्न नेप्सेको आग्रह

सामाजिक सञ्जालहरुमा आउने प्रस्तावको भरमा लगानी नगर्न नेप्सेको आग्रह
New Office

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले विभिन्न सामाजिक सञ्जालमा आउने प्रस्तावको आधारमा लगानी नगर्न आम सर्वसाधारणलाई आग्रह गरेको छ । सामाजिक सञ्जालमार्फत विभिन्न बहानामा लगानी गर्न आह्वान गरी सोझा सर्वसाधारणलाई फसाउने क्रम बढेसँगै नेप्सेले यस्तो आग्रह गरेको हो ।  

‘फेसबुक, टिकटक, ट्विटर लगायतका सामाजिक सञ्जाल मार्फत आउने प्रस्तावका भरमा लगानी नगरौं, सेयर बजारमा कारोबार गर्दा लाइसेन्स प्राप्त सेयर ब्रोकर मार्फत गरौं,’ नेप्सेले जारी गरेको सूचनामा उल्लेख छ ।  

पछिल्लो समय विभिन्न ग्रुप बनाएर कम्पनीको नामै किटान गरेर लगानी गर्न प्रस्ताव आउने क्रम बढेको छ । बजार प्रभावित पार्ने यस्ता क्रियाकलाप नियन्त्रण्मा नियामक निकायहरुको खासै ध्यान पुग्न सकेको छैन । आम सर्वसाधारणमा पनि वित्तीय ज्ञानको अभावका कारण यस्ता प्रभालनको पछि परी फस्ने गरेका छन् ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.