शनिबार, फाल्गुन १०,२०८१ 09:45:12
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 09:45:12
IME remit
Global IME Bank Limited

कारोबारको अन्तिम समयमा किन घटिरहेको छ सेयर बजार ? लगानीकर्ताले पोख्न थाले आक्रोश

Hyundai Nepal
कारोबारको अन्तिम समयमा किन घटिरहेको छ सेयर बजार ? लगानीकर्ताले पोख्न थाले आक्रोश
Nabil Bank Limited

काठमाण्डौ । पछिल्लो समय ३ हजारको विन्दुबाट खसेको सेयर बजार आज २६१० विन्दुमा बन्द भएको छ । यो बीचमा एक दिन ठूलो अंकले बढेको बजार प्रायः दिनभर बढेर अन्तिम समयमा घट्ने गरेको छ । 

पछिल्लो समय अन्तिम घण्टामा बजार सम्हालिन नसकेपनि कारोबार भने बढेको देखिन्छ । बजार ३ हजार विन्दुमा पुग्दा ३० अर्बबराबरको उच्च कारोबारबाट अहिले घटेर ६/७  अर्बमा खुम्चिएको छ ।    

आखिर किन यसरी अन्तिम समयमा बजार घटिरहेको छ त ? यस विषयमा लगानीकर्ताहरु तथा  ब्रोकरहरुले आ–आफ्नै तर्क राख्ने गरेका छन् ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

आज नागरिक स्टक डिलर (स्टक ब्रोकर नम्बर ६०) मा भेटिएका केही लगानीकर्ताहरुले भने बजार नियोजित रुपमा साना लगानीकर्ता तर्साउन घटाइएको आरोप लगाए ।  

यस ब्रोकरमा भेटिएका केही महिला लगानीकर्ताहरुले २ बजे पछिको कारोबार साना लगानीकर्ता तर्साएर कित्ता खोस्न खेलिएको खेल भएको आरोप लगाए । ती महिला लगानीकर्ताले भनिन्, ‘कहिले बैंकिङ इन्डेक्स झारेर कित्ता खोसिएको छ भने कहिले अन्य कुनै ठूलो क्याप भएका एनटीसी ,नेपाल लाइफ जस्ता कम्पनी घटाएर बजार झारेका छन् ।’  

उनले बजार बढ्न पनि हाइ क्यापका कम्पनी उचालिएको र घटाउन पनि हाई क्याप नै चलाइएको दाबी गरिन् । ‘खासगरि फाइनान्स समूहलाई तर्साउन सेयर बजार घटाइएको हो यसबाट  हामी तर्सिदैनौ, उनले भनिन् । ती महिला लगानीकर्ताले बजार बढ्दा संसदमा बोल्नेहरु बजार घट्दा र लगानीकर्ताको सम्पति स्वाह हुँदा भने कोही पनि नबोलेकोमा आक्रोस पनि पोखिन् ।  

यस्तै कलश सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ७४) का सञ्चालकले भने नियोजित रुपमा बजार घटाइको बिषयमा सहमत भएनन् । उनले भने, ‘सबैले बढ्न थाले पछि किन्ने र घट्न थाले पछि पर्ख र हेरको अवस्थामा हुने हुँदा बजार घटेको हो । अहिले चाडपर्व समेत नजिक आएको छ । सबैले पैसाको जोहो गर्दा बजारमा दबाब परेको पनि हुन सक्छ ।’  

यसै गरि नेपाल इन्भेष्टर्स फोरम निबर्तमान अध्यक्ष छोटेलाल रौनियारले पनि बजार कुनै न कुनै तत्वले नियोजित रुपमा घटाएको हुन सक्ने आँकलन गरे । ‘यस विषयमा धितोपत्र बोर्डले ४ घण्टा नै बजार हेरेर बजारमा अनियमितता गर्ने माथि कारबाही गर्नु पर्ने हुन्छ,’ रौनियारले बताए ।  

क्लबहाउसमा बोल्ने अधिकांश लगानीकर्ताहरुले पनि पछिल्लो समय कारोबारको अन्तिम समयमा नियोजित रुपमा बजार घटाईएको भन्दै आक्रोस पोख्न थालेका छन् ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.