काठमाण्डौ । आज नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा उछाल आएको छ । यो दिन नेप्से परिसूचक ३.१३ प्रतिशत अर्थात ७०.१८ अंकले बढेर २ हजार ३१०.५९ विन्दुमा पुगेको छ । आज बजारमा कारोबारमा समेत उछाल आएको छ । आज ९ अर्ब १३ करोड बढीको कारोबार भएको छ ।
आजको बजारको बढोत्तरी २७ महिनाकै उच्च हो । यसअघि २०७९ वैशाख २९ गते नेप्से परिसूचक २३ सय विन्दमाथि थियो । सरकार परिवर्तनसँगै अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त भएसँगै र बजारमा वातावरण सकारात्मक बन्दै गएपछि सेयर बजारमा सुधार आएको हो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।