आईतवार, असार १४,२०८३ 06:40:20
Bizshala
  • आईतवार, असार १४,२०८३ 06:40:20
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नयाँ वर्षदेखि पूँजीबजारका तीन निकायको नयाँ सुरुवात, अबदेखि हरेक महिना संयुक्त बैठक बस्ने

Laxmi Sunrise Bank Limited
नयाँ वर्षदेखि पूँजीबजारका तीन निकायको नयाँ सुरुवात, अबदेखि हरेक महिना संयुक्त बैठक बस्ने

काठमाण्डौ। नयाँ वर्षदेखि पूँजी बजारका तीन निकाय नेपाल धितोपत्र बोर्ड(सेबोन) , नेपाल स्टक एक्सचेञ्ज(नेप्से) र सीडीएससीले अब हरेक महिना नियमित संयुक्त बैठक गर्ने भएका छन् । नेप्सेका प्रमुख कार्यकारी अधिकृत चूणामणी चापागाईले दिएको जानकारी अनुसार ‘अब धितोपत्र बजार र लगानीकर्ताको हितका लागि यी तीन निकायबीच हरेक महिना नियमित बैठक हुने भएको हो ।  

खासगरि विगतमा धितोपत्र बोर्ड , नेप्से र सीडीएससीबीच पानी बारा बारको अवस्था हुने गर्थ्यो ।  पछिल्लोपटक धितोपत्र बोर्डले नेप्सेका अधिकार नै कटौति गरेर खुमलटार सारे पछि यो समस्या झनै बढेको थियो । विगतमा  नयाँ ब्रोकरहरुलाई लाइसेन्स दिने कामदेखि अन्य विविध विषयमा नेप्से र सेबोनबीच द्धन्द नै चल्ने गरेको छ ।  

नेप्सेले ब्रोकरलाई  लाइसेन्स दिने लगायत अन्य प्रडक्ट ल्याउने विषय आफ्नो क्षेत्राधिकार भित्र पर्ने तर धितोपत्र बोर्डले अधिकार कटौति गरेको आरोप लगाउँदै आएको छ । कतिपय समयमा नेप्सेबाट गएका पत्र तथा कार्ययोजनाहरु धितोपत्र बोर्डसम्म महिनौ नपुग्ने तथा फाइल नै हराउने गरेको पनि नेप्सेले गुनासो गर्दै आएको छ ।  

New Office
CG Motors
Garima Development Bank

त्यसैगरि नेप्से र सीडीएससीबीच पनि विगतमा केही द्धन्द्ध चल्ने गरेका थिए । खासगरि सीडीएसीको पूँजी संरचनाको विषयलाई लिएर केही विवाद देखिन्थ्यो भने माथिल्लो निकायबाट  सीईओको विदेश भ्रमण स्वीकृति नदिएको जस्ता गुनासो समेत सुन्ने गरिन्थ्यो । लगानीकर्ताहरु आन्दोलित हुँदा पनि नेप्से र सेबोनबीच फरक फरक विचार तथा धारणाहरु बाहिर आउने गर्थे  ।  

विेशष गरी तीन निकायहरु बीचमा काम ,कर्तब्य र अधिकारकै विषयमा बढी विवाद देखिन्छ । कूनै समयमा पूँजीबजार निकै बढ्दा तथा घटेको अवस्थाम यी निकायबीच के कसरी सम्बोधन गर्ने भनेर समन्वयको अभाव देखिन्थ्यो । नेप्से सीइओ चापागाईका अनुसार यी सबै विषय चिर्ने उद्देश्यले नै अबदेखि सेबोन ,नेप्से र सीडीएससीबीच हरेक महिना नियमित बैठक बस्ने सहमति भएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उनले भने, ‘अहिले नै मन्त्रीपरिषद बैठक जसरी यो दिन भनेर तोकेका छैनौं ।  तर अब लगानीकर्ताहरुको हितको लागि भए पनि नियमित बैकक बस्छौ ।’ यसै गरि सीडीएससीले पनि अबदेखि बैठकलाई निरन्तरता दिँदै नेप्सेको प्रविधि प्रणालीलाई चुस्त दुरुस्त र अद्यावधिक बनाउँदै जाने विषयमा आज छलफल भएको बताएको छ । आजको भेटमा सेबोनबाट नियमन विभागका प्रमुख मुक्ति श्रेष्ठ र सुपरिबेक्षण विभागका प्रमुख रुपेष श्रेष्ठको पनि सहभागिता रहेको थियो ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.