काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमीटेड-नेप्से)का प्रमुख कार्यकारी अधिकृत चूडामणि चापागाईंले राजीनामा दिएका छन् ।
सोमबार अर्थमन्त्रालयमा पुगेर आफूले राजीनामा दिएका सीईओ चापागाईले पुष्टि गरे ।
'मैले व्यक्तिगत कारणले राजीनामा दिएको हुँ ।; उनले बिजशालासँग भने-'अब एकमहिना आनन्दले बस्छु । त्यसपछि केही न केही होला नि ।'
उनी २०८१ चैत १९ गते नेप्सेको सीईओ नियुक्त भएका थिए ।
स्रोतका अनुसार उनी नेप्सेभन्दा कुनै आकर्षक ठाउँमा नियुक्ति लिएर जाने तयारीका साथ राजीनामाको निर्णयमा पुगेका हुन् ।

