शनिबार, फाल्गुन १६,२०८२ 07:30:37
Bizshala
  • शनिबार, फाल्गुन १६,२०८२ 07:30:37
Bizshala
Global IME Bank Limited

नेप्से पुनर्संरचना सुझाव समितिको प्रतिवेदन सार्वजनिक गरिने

नेप्से पुनर्संरचना सुझाव समितिको प्रतिवेदन सार्वजनिक गरिने
Shivam Cement

काठमाण्डौ । सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को संरचनागत सुधारसँग सम्बन्धित प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्ता तथा गृह मन्त्री ओम प्रकाश अर्यालले नेप्से पुनर्संरचना सुझाव समितिले बुझाएको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय भएको जानकारी दिएका हुन् ।

अर्थ मन्त्री रामेश्वर खनालको प्रस्तावमा गत मङ्सिर २ गते मन्त्रिपरिषद्ले नेप्से पुनर्संरचनाका लागि अध्ययन गरी सुझाव पेस गर्न समिति गठन गरेको थियो। 

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

नेपाल लेखामान बोर्डका पूर्वअध्यक्ष प्रकाशजंग थापाको संयोजकत्वमा गठित ५ सदस्यीय अध्ययन समितिले मंसिर ८ गतेबाट काम थालेको थियो । अध्ययन समितिलाई ५० दिनभित्र प्रतिवेदन पेश गर्नु पर्ने समय सिमा दिइएको थियो । सोही अनुरुप समितिले अध्ययन प्रतिवेदन सरकारलाई बुझाइसकेको थियो।  

समितिले अन्तर्राष्ट्रिय अभ्यास, नियामक संरचना र नेपाली पुँजीबजारको वर्तमान अवस्थालाई आधार मानेर सुझाव तयार गरेको जनाइएको छ।

समितिमा नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक रुपेश केसी, नेप्सेका प्रवक्ता मुराहरी पराजुली, नेपाल राष्ट्र बैंकका निर्देशक सुभाषचन्द्र घिमिरे र विज्ञ सदस्यका रूपमा धितोपत्र बोर्डका अवकाश प्राप्त कार्यकारी निर्देशक निरज गिरी सहभागी थिए। अर्थ मन्त्रालयका उपसचिव शरद निरौला समितिको सदस्य–सचिव रहेका थिए।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

पुँजीबजार सुधारका सन्दर्भमा नेप्सेको पुनर्संरचना दीर्घकालीन मागका रूपमा उठ्दै आएको छ। प्रतिवेदन सार्वजनिक भएसँगै लगानीकर्ता, बजार सहभागी र सरोकारवाला निकायबाट यसका सुझावहरूबारे गम्भीर बहस सुरु हुने अपेक्षा गरिएको छ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.