आईतवार, असार १४,२०८३ 08:08:45
Bizshala
  • आईतवार, असार १४,२०८३ 08:08:45
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

वित्तीय साक्षरतामा जोड दिदै नेप्से, कार्यालय परिसरमै विद्यार्थीलाई बोलाएर प्रशिक्षण

Laxmi Sunrise Bank Limited
वित्तीय साक्षरतामा जोड दिदै नेप्से, कार्यालय परिसरमै विद्यार्थीलाई बोलाएर प्रशिक्षण

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले पूँजी बजार विकास तथा लगानीकर्ताको हित सुरक्षाका लागि वित्तीय साक्षरतामा जोड दिन थालेको छ । नेप्सेले वित्तीय साक्षरता कार्यक्रममा दश जोड दुईदेखि स्नातकोत्तर तहका विद्यार्थीलाई सहभागी गराउने लक्ष्य राखेको छ ।  

वित्त बजारका बारेमा विद्यार्थीहरुले विश्वविद्यालय तथा कलेजमा प्राप्त गर्ने सैद्धान्तिक ज्ञानमा परिपुरक हुने गरी व्यावहारिक ज्ञान प्रदान गर्ने यो कार्यक्रमको उद्देश्य रहेको नेप्सेले जनाएको छ ।  

New Office
CG Motors
Garima Development Bank

नेप्सेले आफ्नै कार्यालय परिसरमा विद्यार्थीहरुलाई बोलाएर तोकिएको दिनमा एक घण्टा प्रशिक्षण दिने तथा अवलोकन गराउने गरिरहेको छ । नेप्सेले पहिले आउने कलेजलाई पहिलो प्राथमिकता दिएर यो कार्यक्रम सञ्चालन भईरहेको जनाएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

लगानीकर्ता सचेतनाका लागि विविध कार्यक्रम सञ्चालन गर्ने क्रममा विगत एक दशकदेखि वार्षिक कार्यक्रममा समावेश गरी विभिन्न विश्वविद्यालय, कलेज तथा स्कुलसँगको समन्वयमा धितोपत्र बजार सम्बन्धी  वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आईरहेको नेप्सेले जनाएको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.