आईतवार, श्रावण ३,२०८३ 03:32:03
Bizshala
  • आईतवार, श्रावण ३,२०८३ 03:32:03
Bizshala
Global IME Bank Limited

धितोपत्र बजार सम्बद्ध ३ वटै नियामक निकायका प्रमुखहरु विदेश भ्रमणमा, अर्थको भने सधैं दादागिरी

धितोपत्र बजार सम्बद्ध ३ वटै नियामक निकायका प्रमुखहरु विदेश भ्रमणमा, अर्थको भने सधैं दादागिरी
New Office

काठमाण्डौ । पूँजीबजारका तीन वटै नियामक निकायका प्रमुखहरु एकैपटक विदेश सयरमा रहेका छन् । धितोपत्र बोर्डबाट बोर्ड अध्यक्ष महेश बराल , प्रबक्ता डा. नवराज अधिकारी र पूर्व सुचना अधिकारी तेज प्रसाद देवकोटा हाल भारत भ्रमणमा रहेका छन् ।

हाल सूचना अधिकारीको जिम्मा दीपा दाहललाई दिइएको छ । उनी पनि यहि टोलीमा विदेश भ्रमणमा नै रहेको स्रोतले जानकारी दिएको छ । अहिले धितोपत्र बोर्डको विषयमा सूचना लिन परेमा कसैलाई पनि फोन सम्पर्क हुन सक्दैन ।

यहि समयमा नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की र प्रविणा पन्धक पनि काजकिस्तानको भ्रमणमा रहेका छन् । सीडीएससीबाट सुरेश न्यौपाने सीडीएसीकै तालिमको लागि काजकिस्तान भ्रमणमा रहेका छन् ।  

नियामक निकायका प्रमुख बिदेश जानु नराम्रो विषय भने होइन तर उनीहरुले बिदेशबाट सिकेर फर्केपश्चात हासिल गरेका ज्ञानलाई नेपालको बजारमा लागू गर्न सके त्यो सही अर्थमा उपलब्धिपूर्ण हुन्छ । तर नेपालका नियामकका पदाधिकारीहरुको भ्रमण केवल भ्रमणमै मात्र सिमित बन्ने गरेको पाइन्छ ।  

उनीहरुले विदेशबाट सिकेका पाठहरु नेपाली बजारमा उतार्न सकेको भए नेपालको पूँजीबजारले अहिले सम्म ठूलै फड्को मार्नु पर्ने हो । बजारको अवस्थालाई हेर्दा यस्ता विदेश भ्रमणको उपलब्धि शुन्यःप्राय हुने गरेको पाइन्छ । बजारमा न त कुनै नौलो प्रडक्ट आउन सकेको छ न त नियामकिय सुधार नै ।  

लामो समयदेखि आउने भनेको नेप्से ३० करिब–करिब नआउने निश्चित भएको छ । छिमेकी मुलुक भारतमा संसारमा नै हुन नसकेको टी प्लस १ कार्यान्वयमा आएको छ । तर नेपालमा टी प्लस २ मुश्किलले लागू भएको छ । अन्य प्रडक्ट इन्ट्रा डे कारोबार, फ्यूचर तथा अप्सन  मार्केट, डेरिभेटिभ मार्केट,कमोडिटी मार्केट, अक्सन मार्केट जस्ता विषय नेपाली लगानीकर्ताले पाउनु भनेको त आकाशको फल आँखातरी मर जस्तै हो ।  

नेपालमा अक्सन मार्केट नहुँदा लगानीकर्ताहरुले भुल बस बेचेको सेयर करोडौ रुपैयाँ क्लोजआउट तिर्दै आएको ब्रोकरहरु बताउँछन् ।  

यहाँ तालुकदार अर्थ मन्त्रलायको कथा पनि कम रोचक छैन । विदेश भ्रमणमा संधै दादागिरि देखाउने यस मन्त्रालयका अधिकारीले आफ्ना मान्छेलाई भ्रमणमा समाबेश नगर्ने हो भने भ्रमण नै स्वीकृत नगर्नेसम्मको धम्कि दिने गरेको धितोपत्र बोर्ड तथा नेप्सेका उच्च अधिकारी बताउँछन् ।  

‘कुनै काम गर्नु परे फाइल संधै घर्रामै हराउँछन तर विदेश भ्रमणमा भने अर्थमन्त्रालयका अधिकारी समाबेश नगर्ने हो भने भ्रमण स्वीकृति नै हुन्न,’ नियामक निकायका एक अधिकारीले भने ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.