काठमाण्डौ । यो साता २ दिन सेयर कारोबार नहुने भएको छ । यो साता २ दिन सर्वाजनिक बिदा परेकाले यो साताभार कुल ३ दिन मात्रै सेयर बजार खुल्ने भएको हो ।
मंगलबार इन्दजात्रा र बिहिबार संविधान दिवस परेकाले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बन्द रहनेछ । त्यसैले आम रुपमा साताको कुल ५ दिन कारोबार हुने बजारमा यो साता भने कुल ३ दिन मात्रै कारोबार हुनेछ ।
केही समयअघि ३ वर्षकै उच्च विन्दुमा पुगेको नेप्से अहिले भने निरन्तर घटिरहेको छ । नजिकिदै गरेको चाडपर्वका कारण बजारमा दबाब परेको जानकारले बताएका छन् । उनीहरुका अनुसार बेला बेलामा पर्ने सार्वजनिक बिदाले समेत बजारमको रोटेशन र गतिमा प्रभाव पर्ने गर्छ ।