शनिबार, फाल्गुन १०,२०८१ 09:54:02
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 09:54:02
IME remit
Global IME Bank Limited

नेप्सेमा ‘ब्लक चेन’ ल्याउने अध्यक्षको उद्घोष, बस्याल भन्छन् ‘यसले डिम्याटलाई प्रतिस्थापन गर्छ’

Hyundai Nepal
नेप्सेमा ‘ब्लक चेन’ ल्याउने अध्यक्षको उद्घोष, बस्याल भन्छन् ‘यसले डिम्याटलाई प्रतिस्थापन गर्छ’
Nabil Bank Limited

काठमाण्डौ । यतिबेला विश्वभर नयाँ नयाँ प्रविधिको विकास भईरहेको छ । प्रविधिको विकाससँगै मानिसहरुको इच्छा र  आकंक्षा पनि बढ्दै गएका छन् । बुधबार अर्थमन्त्रीले नेप्सेमा आकस्मिक भ्रमण गरे पछि नेपाल स्टक एक्सचेञ्जमा नयाँ प्रडक्ट र प्रविधि सँगै विदेशी साझेदार भित्र्याउने विषयमा बहस सुरु भएको छ । त्यसो त नेप्से ३० प्रडक्टको विषयमा लामो कसरत भएता पनि यो विषय खासै अघि बढ्न सकेको छैन् । ओपन क्राई सिस्टमबाट टीएमएसमा गएको नेप्सेमा ब्लक चेन प्रविधि भित्रिएमा यो नेपालको पूँजी बजारका लागि नयाँ आयाम बन्न सक्ने देखिन्छ ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

तर यो विषयमा पनि कागजमा मात्रै सीमित बनेको छ । यद्यपी नेप्सेका अध्यक्ष शोभाकर पौडेलले भने अब नेप्सेमा ब्लक चेन  प्रविधि भित्र्याउनु पर्ने तर्क राख्छन् । बिजशालासंगको कुराकानीमा अध्यक्ष पौडेलले भने, ‘नेप्सेको विकास र विस्तार तथा डेटा सुरक्षाका लागि अब नयाँ टेक्नोलोजि ब्लक चेन भित्र्याउनु पर्छ ।’ यस विषयमा प्रारम्भिक छलफलमा भईरहेको बताउँदै उनले भने ‘अहिले निष्पक्ष कारोबार भएन भन्ने लगानीकर्ताहरुको गुनासो पनि यसबाट सम्बोधन हुन्छ । यो भनेको पूर्ण रुपमा निष्पक्ष कारोबार प्रणाली हो । यसले अहिलेको कारोबार राफसाफ प्रणालीलाई सहज गर्छ र सूरक्षित पनि रहेको छ । यसले कारोबारमा हुने फ्रडलाई पनि घटाउँछ ।’  

नेप्सेमा ब्लकचेन प्रणाली आए कारोबार प्रणालीलाई सहज हुने तथा अहिलेको टीएमएस प्रणालीमा पनि सहजता थपिने अध्यक्ष  पौडेलको भनाइ रहेको छ ।  

के हो ब्लक चेन ?

ब्लक चेन नेटवर्क भनेको विकेन्द्रिकृत डेटा ट्रान्सफर गर्ने डिजिटल नेटवर्क हो । यसले तेस्रो पार्टीको सहयोग बिनानै एक व्यक्तिबाट अर्को व्यक्तिमा डेटा  हस्तान्तरण गर्न सहज गर्छ । यस्तो प्रणाली विशेषगरी बैंकहरुले पैसा हस्तान्तरण गर्न प्रयोग गर्छन् । यसले ठूलो मात्रामा प्रयोगकर्ताको लागत घटाउँछ । यो सिस्टमले डेटा भेरिफिकेसन गरेर सहज रुपमा एक ठाँउबाट अर्को ठाँउमा ब्यालेन्स ट्रान्फर गर्छ । यसले ह्याकरबाट डेटा ह्याक हुन रोक्ने भएकाले यसलाई सुरक्षित प्रणालीको रुपमा लिइन्छ ।  

अर्को भाषमा भन्नुपर्दा ब्लकचेन भनेको डिजिटल लेजर हो । जसमा ब्लकको अर्थ डेटा संकलन गर्ने , भेरिफाइ गर्ने र चेनको अर्थ पठाउने व्यक्ति र पाउने व्यक्तिको पहिचान गरि डेटा हस्तान्तरण गर्ने भन्ने हो । यसले साइबर आक्रमणबाट समेत जोगाउने गर्छ ।

यस सम्बन्धी जानकार विष्णु प्रसाद बस्यालले यो सुरक्षित विकेन्द्रिकृत नेटवर्क भएको बताए । ‘हरेक व्यक्तिको एउटा युनिक आइडेन्टिफिकेशन हुन्छ । यो भनेको वितरणयोग्य लेजर हो । जसमा हरेक सम्पत्तिको आधिकारिक रकेर्ड हुन्छ । जुन पूर्ण रुपमा पारादर्शी पनि हुने गर्छ,’ उनले भने,’ ‘नेप्सेले ब्लकचेन ल्याउने भन्ने बिषय राम्रो हो । किनकी यसमा रियल टाइम सेटलमेन्ट हुन्छ ।’

बस्यालले भौतिक सेयरबाट डिम्याट प्रणालीमा विकास भएजस्तै अब ब्लकचेनमा गयो भने डिम्याट पनि आबश्यक नपर्ने दाबी गरे । ‘अब हरेक सम्पतिको टोकनाइजेशन हुन्छ । नेप्सेमा अहिले टी–प्लस २ रहेको छ । यदि रियल टाइम राफसाफ गर्ने हो भने ब्लक चेन आबश्यक हुन्छ, उनले भने, ‘२०३० सम्म विश्व ब्लकचेनमा जाने विषय रहेको छ । नेप्सेमा ब्लकचेन आएमा अहिले जस्तो फ्रड तथा भष्ट्रचार पनि रोकिन्छ । सरकार पनि ई–गभर्नेन्स हुन्छ । ’

ब्लक चेनको निर्वाचनका क्रममा समेत प्रयोग हुने भएकाले यसको उपयोगित अन्य क्षेत्रमा समेत रहेको उनले बताए । इस्यू गर्ने हरेक करेन्सिमा ब्लकचेन हुनु आबश्यक रहेको पनि बस्यालले बताए । उनले भने, ‘हामीले युएईमा सञ्चालन गरिरहेको युनि सिटिजन्स फण्डमा पनि ब्लक चेनको प्रयोगमा भईरहेको छ । नेपाल सरकारले पनि यस बिषयमा सोच राख्नु राम्रो हो ।’

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.