काठमाण्डौ । दशैं अगाडी बन्द भएको सेयर बजार सोमबार पनि नखुल्ने भएको छ । नेप्सेस्थित स्रोतले दिएको जानकारी अनुसार सबै अंगहरु कारोबारको लागि तयर नभईसकेको कारण सेयर कारोबार नहुने भएको हो ।
स्रोतका अनुसार सेयर कारोबारको लागि धितोपत्र बोर्ड, नेप्से , सीडीएससी र ब्रोकरहरु पनि तयार हुनु पर्ने हुन्छ । यी सबै निकायहरु तयार अवस्थामा नरहेका कारण आज सेयर कारोबार हुन नसक्ने भएको हो ।
स्रोतका अनुसार मंगलबारबाट भने नियमित सेयर कारोबार हुनेछ । सेयर लगानीकर्ताहरुमा सेयर कारोबार हुने वा नहुने अन्यौलता रहेको बेला नेप्सेस्थित उच्च स्रोतले आज सेयर कारोबार नहुने प्रष्ट पारेको हो ।