आईतवार, श्रावण १०,२०८३ 05:25:08
Bizshala
  • आईतवार, श्रावण १०,२०८३ 05:25:08
Bizshala
Global IME Bank Limited

सेयरबजारमा ३८ अंकको वृद्धि, चुनावपछि फन्डामेन्टल रुपमा बलिया कम्पनी बढ्ने विज्ञको दाबी

सेयरबजारमा ३८ अंकको वृद्धि, चुनावपछि फन्डामेन्टल रुपमा बलिया कम्पनी बढ्ने विज्ञको दाबी
New Office

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा उच्च अंकको वृद्धि भएको छ । नेप्से परिसूचक ३८.५२ अंकले बढेर २७१२.४९ विन्दुमा उक्लिएको छ ।  

नेप्सेमा सूचीकृत ३२९ कम्पनीको १ करोड ५१ लाख ८४ हजार ६०७ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  

आज व्यापारबाहेक सबै समूहमा हरियाली छाएको छ । सर्वाधिक हाइड्रोपावर समूह बढेको छ । हाइड्रो समूह आज २.१३ प्रतिशतले बढेको छ ।  

त्यस्तै, बैंकिङ समूह १.६४ प्रतिशत, विकास बैंक समूह १.५९ प्रतिशत, फाइनान्स समूह १.४३ प्रतिशत, होटल तथा पर्यटन समूह १.६० प्रतिशत, लगानी समूह १.५२ प्रतिशत, जीवन बीमा समूह १.०५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह १.४९ प्रतिशत, माइक्रोफाइनान्स समूह १.६६ प्रतिशत, म्युचुअल फण्ड समूह ०.८२ प्रतिशत, निर्जीवन बीमा समूह १.११ प्रतिशत र अन्य समूह १.०३ प्रतिशतले बढेको छ । व्यापार समूह भने आज ०.८४ प्रतिशतले घटेको छ ।  

आजको बजारबारे नेपाल इन्भेष्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियार भन्छन्, ‘चुनावअघि आज अन्तिम कारोबार दिन हो । लगानीकर्ताहरुमा रहेको अन्योल हटेको कारण आज बजार राम्रो अंकले ढेको छ । साथै चुनावी माहोलका कारण लगानीकर्ताहरु उत्साहित भएका हुन् । आज चुनावअघिको अन्तिम कारोबार दिन भएका कारण लगानीकर्ताहरुले धमाधम सेयर किनेका छन्, जसकारण कारोबार पनि बढेको छ । साथै माहोल हेर्दा यो किन्ने समय पनि हो । फन्डामेन्टल रुपमा बलिया कम्पनीहरु बढ्ने आशाले लगानीकर्ताहरुले छानी-छानी सेयर किनेका छन् । आजको बजारले चुनावपछि सेयरबजार राम्रो हुने माहोल देखाएको छ । सम्भवतः चुनावपछि सेयरबजारले एउटा राम्रो वेभ लिन्छ ।’  

आज सर्वाधिक कमाउने कम्पनीमा सालपा विकास बैंक रहेको छ । बैंकको सेयर ९.९९ प्रतिशतले बढेर ७०७.१० रुपैयाँ पुगेको छ । सर्वाधिक गुमाउने कम्पनीमा भने सुभम पावर रहेको छ । कम्पनीको सेयरभाउ २.५३ प्रतिशतले घटेर ७०७.६० रुपैयाँ कायम भएको छ ।  

त्यस्तै, आज सर्वाधिक आँखु खोला जलविद्युत कम्पनीको सेयर कारोबार भएको छ । कम्पनीको आज एकैदिन ३४ करोड ६५ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.