काठमाण्डौ। विभिन्न सेयर लगानीकर्ता संघका नेताहरुले आज नेप्सेका प्रमुख कार्यकारी अधिकृत चूडामणी चापागाईंलाई भेटेका छन् । लगानीकर्ता संघका नेताहरुले दिएको जानकारी अनुसार उक्त भेटमा सीइओ चापागाईंलाई पूँजी बजारसम्बन्धी विभिन्न सुझावहरु दिइएको छ ।
जुअन्तर्गत नेप्सेको पुनर्संरचना जति सक्दो छिटो गरिनु पर्ने , नेप्सेमा अन्तर्राष्ट्रिय साझेदार भित्र्याउनु पर्ने , गैरआवसिय नेपालीलाई दोस्रो बजारमा लगानीको बाटो खोल्नु पर्ने , एसएमइ प्लेटफर्म र नेप्से ३० जस्तो प्रडक्ट ल्याउनु पर्ने र लामो समय पहिलेदेखि लगाानीकर्ताहरुलाई कारोबारमा लगाउदै आएको डीपी शुल्क घटाउनु पर्ने माग गरेका छन् ।
लगानीकर्ताहरुको माग सम्बोधनका लागि सीईओले सकरात्मक प्रतिक्रिया दिएको लगानीकर्ताहरुले बताए । उक्त भेटवार्तामा नेपाल सेयरधनी संघ , जनलरल इन्भेष्टर एसोसियसन , नेपाल धितोपत्र लगानीकर्ता संघ र साधारण लगानीकर्ता संघका नेताहरुको सहभागीता रहेको थियो ।