शनिबार, फाल्गुन १०,२०८१ 09:37:14
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 09:37:14
IME remit
Global IME Bank Limited

सेयर बिक्री गरेको पैसा नपाएको भन्दै ब्रोकरविरुद्ध नेप्सेमा दैनिकजसो उजुरी, के हो खास कारण ?

Hyundai Nepal
सेयर बिक्री गरेको पैसा नपाएको भन्दै ब्रोकरविरुद्ध नेप्सेमा दैनिकजसो उजुरी, के हो खास कारण ?
Nabil Bank Limited

काठमाण्डौं । केहि समय यता नेपाल स्टक एक्सचेञ्च(नेप्से)मा सेयर बिक्री गरेबापतको पैसा नपाएको गुनासो दैनिकजसो आउन थालेको छ ।  विशेषगरी यस्ता गुनासो देशबाट भन्दा पनि विदेशबाट बढी आईरहेको ब्रोकरले बताएका छन् । सेयर बिक्री गरेको रकम नपाएको भन्दै ३३ वटा ब्रोकरविरुद्ध ६०३ भन्दा बढी उजुरी परेको छ ।  

नेप्सेले उजुरी परेका ३३ वटा ब्रोकरहरुको नाम नेप्सेको कार्यालयको भित्तामा टाँसेर नै राखेको छ । लगानीकर्ताले सेयर बिक्रीबापतको रकम नपाउनुको कारणबारे प्रश्न गर्दा एक ब्रोकरले पैसा नपाउने समस्या  नितान्त प्राविधिक समस्या भएको बताएका छन् ।  

धेरै लगानीकर्ताले हिमालयन रि इन्स्योरेन्सको सेयर बैदेशिक रोजगारीको एनआरएन खाताबाट भरेको र यो खाताबाट सेयरको लागि आवेदन दिन मिल्ने तर सेयर बिक्रीबापतको रकम भने हाल्न निमल्ने उनले दाबी गरे । त्यहि कारण लगानीकर्ताको खातामा सेयर बेचेको पैसा खातामा जम्मा नभएको ती ब्रोकरले दाबी गरे ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

दोस्रो कारण बैंकहरु मर्ज भएर ग्राहकको खाता नम्बर परिर्वतन हुँदा पनि ब्रोकरबाट लगानीकर्ताको खातामा रकम जम्मा नभएको ती ब्रोकरले बताए । कतिपय ग्राहकको फोन सम्पर्क हुन नसक्दा समेत ग्राहकको खातामा पैसा जम्मा गर्न नसकिएको ब्रोकर बताउँछन् ।  अहिले प्राय जसो लगानीकर्ताले अनलाइनमार्फत कारोबार गर्ने भएकाले यस्तो समस्या सिर्जना भएको ब्रोकरहरु बताउँछन् ।  

सर्वप्रथम त कारोबारमा धेरै समस्या आउने गर्छ । यस्ता समस्या समधानको लागि लगानीकर्ताले बैंकबाट एसएमएसको सुविधा लिनु पर्ने खाता अनलाइन मार्फत चलाउनु पर्ने हुन्छ । यदि बेचेको कम्पनीको सेयर बुक क्लोजको भएको खण्डमा पनि रकम ढिला गरी सेयरधनीको खातामा जम्मा हुने ब्रोकर बताउँछन् ।  

‘लगानीकर्ताहरुले ब्रोकरलाई अनलाईन, ह्वाट्स एप,भाइबर मार्फत पनि सम्पर्क गर्न सक्छन् । म्यासेज मार्फत सम्पर्क गर्न पनि सकिन्छ । मेरो विचारमा ब्रोकरले पैसा नदिने भन्ने नै हुन्न । लकडाउनको समयमा २१ अर्वको कारोबारमा पनि राफसाफ भयो भने अहिले नहुने भन्ने हुँदैन ’ ती ब्रोकरले भने ।  

नेप्सेका प्रवक्ता मूराहरी पराजूलीले लगनीकर्ताहरुले पैसा नपाएको भन्दै नेप्सेको गुनासो शाखामा इमेल मार्फत दैनिकजसो उजुरी आउने गरेको बताए । इमेल मार्फत गूनासो आउने भएको कारण कहाँबाट कसले पठायो भन्ने निश्चित नहुने पराजुलीले बताए । त्यस्ता समस्याहरुलाई नेप्सेले ब्रोकरहरुसँग सोधखोज गरेर समधान गर्ने गरेको पनि उनले जानकारी दिए ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.