बुधबार, श्रावण ६,२०८३ 06:05:36
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 06:05:36
Bizshala
Global IME Bank Limited

एक वर्षमा सेयरबजार ३.०७% ले बढ्यो, धितोपत्र बजार पूँजीकरण रु.४७.४४ खर्ब पुग्यो

एक वर्षमा सेयरबजार ३.०७% ले बढ्यो, धितोपत्र बजार पूँजीकरण रु.४७.४४ खर्ब पुग्यो
New Office

काठमाण्डौ । एक वर्षमा सेयरबजारमा ३.०७ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको ८ महिनासम्ममा नेप्से परिसूचक २८२०.४५ विन्दुमा कायम भएको छ ।   गत आवको सोही अवधिसम्म नेप्से परिसूचक २७३६.४९ विन्दुमा रहेको थियो ।  

साथै धितोपत्र बजार पूँजीकरण पनि ४.४२ प्रतिशतले बढेको छ । २०८२ फागुन मसान्तमा धितोपत्र बजार पँुजीकरण रु.४७ खर्ब ४४ अर्ब ७३ करोड कायम भएको छ । २०८१ फागुन मसान्तमा बजार पुँजीकरण रु.४५ खर्ब ४३ अर्ब ८१ करोड रहेको थियो ।  

२०८१ को फागुन मसान्तमा बजार पुँजीकरण कुल गार्हस्थ्य उत्पादनको ७९.५९ प्रतिशत रहेकोमा २०८२ फागुनमा ७७.६९ प्रतिशत रहेको छ ।

२०८२ फागुन मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २८६ रहेको छ । सूचीकृत कम्पनीहरुमध्ये १३३ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९७ जलविद्युत्कम्पनी, २७ उत्पादन तथा प्रशोधन उद्योग, ८ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र १० अन्य समूहका रहेका छन् । २०८१ फागुनमा सूचीकृत कम्पनीहरूको संख्या २६८ रहेको थियो ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५२.२ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत्कम्पनीको हिस्सा १५.९ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.४ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ७.२ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ४.४ प्रतिशत, होटेलको हिस्सा ३.१ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ९.८ प्रतिशत रहेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.