सुधारको आशामै लगानीकर्ताको सम्पत्ति १ खर्ब ९९ अर्ब बढ्यो, ६ कारोबार दिनमा बजारले लियो छलाङ
काठमाण्डौ । सरकारले पूँजीबजार सुधार तथा पुनरुत्थानका अजेण्डा अघि बढाउने तयारी गरेको सूचना बाहिरिएसँगै उत्साहित बनेका लगानीकर्ताले २१ बुँदे कार्ययोजना सार्वजनिक भएपछि थप बल पाएका छन्। सुधारको अपेक्षाले सेयरको मूल्य बढ्दा जम्मा ६ कारोबार दिनमै लगानीकर्ताको कागजी सम्पत्तिमा झन्डै २ खर्ब रुपैयाँ थपिएको छ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को तथ्यांकअनुसार भदौ २५ गते अर्थात्...

