धितोपत्र बजार पूँजीकरण रु.४३.६८ खर्ब पुग्यो, कुन समूहको हिस्सा कति ?
काठमाण्डौ । एक वर्षको अन्तरालमा सेयरबजार १.०१ प्रतिशतले घट्न पुगको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको मंसिर महिनामा नेप्से परिसूचक २६०१.६२ विन्दुमा कायम भएको छ । गत वर्षको सोही अवधिसम्म भने नेप्से परिसूचक २६२८.२९ विन्दुमा रहेको थियो । नेप्से सूचकसँगै धितोपत्र बजार पूँजीकरण पनि १.८२ प्रतिशतले घटेको छ ।

