आईतवार, असार १४,२०८३ 08:15:17
Bizshala
  • आईतवार, असार १४,२०८३ 08:15:17
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

धितोपत्र बजार पुँजीकरण ५३.४१ % ले वृद्धि, बैंक वित्तीय संस्था र बीमा कम्पनीको हिस्सा ५८.५%

Laxmi Sunrise Bank Limited
धितोपत्र बजार पुँजीकरण ५३.४१ % ले वृद्धि, बैंक वित्तीय संस्था र बीमा कम्पनीको हिस्सा ५८.५%

काठमाण्डौ । धितोपत्र बजार पुँजीकरण ५३.४१ प्रतिशतले बृद्धि भएको छ । चालु आवको कात्तिक मसान्तसम्ममा धितोपत्र बजार पुँजीकरण ४३ खर्ब ७६ अर्ब ९० करोड रुपैयाँ कायम भएको हो ।  

गत आवको सोही अवधिसम्ममा धितोपत्र बजार पुँजीकरण २८ खर्ब ५३ अर्ब १ करोड रुपैयाँ थियो । चालु आवमा नयाँ कम्पनीसँगै सूचीकृत कम्पनीका बोनस सेयर, हकप्रद सेयरहरु नेप्सेमा थपिएसँगै धितोपत्र बजार पुँजीकरण बढ्न पुगेको हो ।  

New Office
CG Motors
Garima Development Bank

नेपाल राष्ट्र बैंकका अनुसार २०८१ कात्तिक मसान्तमा नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या २६७ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १२९ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९१ जलविद्युत् कम्पनी, २२ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन् । २०८० कात्तिकमा सूचीकृत कम्पनीहरूको संख्या २६४ रहेको थियो ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५८.५ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत्कम्पनीको हिस्सा १५.८ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.७ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.४ प्रतिशत, होटेलको हिस्सा २.९ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ९.२ प्रतिशत रहेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.