आईतवार, माघ २०,२०८१ 02:41:40
IME remit
  • आईतवार, माघ २०,२०८१ 02:41:40
IME remit
Global IME Bank Limited

धितोपत्र बजार पूँजीकरण बढाउन फाइनान्स सेक्टर अब्बल, यस्तो छ बढ्नुको कारण

Hyundai Nepal
धितोपत्र बजार पूँजीकरण बढाउन फाइनान्स सेक्टर अब्बल, यस्तो छ बढ्नुको कारण
Nabil Bank Limited

काठमाण्डौ । धितोपत्र बजार पुँजीकरण पौने ४४ खर्ब रुपैयाँ कायम भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आवको ४ महिनासम्ममा धितोपत्र बजार पुँजीकरण ४३ खर्ब ७६ अर्ब ९० करोड रुपैयाँ कायम भएको हो ।  

गत आवको यसै अवधिसम्ममा धितोपत्र बजार पुँजीकरण २८ खर्ब ५३ अर्ब १ करोड रुपैयाँ रहेको थियो । यसर्थमा एक वर्षको अन्तरालमा धितोपत्र बजार पुँजीकरण हिस्सा ५३.४१ प्रतिशतले बृद्धि भएको छ ।  

नेप्सेमा रहेको सबै समूहको बजार पुँजीकरण हिस्सा बृद्धि देखिएको छ । गत आवको तुलनामा सर्वाधिक फाइनान्स समूहबाट बजार पुँजीकरण हिस्सा थपिएको छ ।

गत वर्षको कात्तिक मसान्तसम्म फाइनान्स सेक्टरको बजार पुँजीकरण ५१ अर्ब ८२ करोड रुपैयाँ रहेकोमा यस वर्षको सोही अवधिसम्म १ खर्ब २१ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । यसर्थमा फाइनान्स सेक्टरको धितोपत्र बजार पुँजीकरण १३४.९१ प्रतिशतले बृद्धि भएको छ ।

Bizshala
CG Motors
Sagarmatha Cement

धितोपत्र बजार पूँजीकरण धेरै घटकहरुको संयोजनबाट बढ्ने गर्दछ । बजारमा सूचीकृत रहेका काम्पनीहरुको कुल बजार मूल्य नै बजार पुँजीकरण हो । सूचीकृत कम्पनीको सेयरको मूल्य र त्यसको कुल संख्या गुणा गरेर पुँजीकरण गणना गरिन्छ ।  

बजार पुँजीकरण बढ्नमा कम्पनीहरुको सेयरभाउमा बृद्धि, नयाँ कम्पनीहरुको सूचीकरण, बोनस सेयर सूचीकरण, बजारको बृद्धि, रिटेल र संस्थागत लगानीकर्ताको बृद्धि र सकारात्मक आर्थिक संकेतहरुले धितोपत्र बजार पुँजीकरण बढाउन सहयोग पुर्याउँदछ । साथै कम्पनीको मुनाफाले पनि पुँजीकरण बढाउनमा सहयोग पुर्याउछ ।  

राष्ट्र बैंकका अनुसार कात्तिक मसान्तसम्ममा नेप्सेमा सूचीकृत कम्पनीको संख्या २६७ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १२९ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९१ जलविद्युत्कम्पनी, २२ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन् । २०८० कात्तिकमा सूचीकृत कम्पनीहरूको संख्या २६४ रहेको थियो ।  

एक वर्षमा नेप्सेमा जम्मा तीनवटा मात्रै कम्पनी थपिएका छन् । तर धितोपत्र बजार पुँजीकरण भने ५० प्रतिशत भन्दा बढीले बृद्धि भएको छ । कारण बजारमा सूचीकृत कम्पनीहरुको सेयरभाउ बढ्नु हो । सूचीकृत भएका कम्पनीको सेयरभाउ बढ्दा धितोपत्र बजार पुँजीकरण नै बढेको देखिएको छ ।  

राष्ट्र बैंकका अनुसार गत वर्षको तुलनामा सेयरबजार ४८.४२ प्रतिशतले बृद्धि भएको छ । गत वर्षको कात्तिक मसान्तसम्म १८५२.०९ विन्दुमा रहेको नेप्से परिसूचक यस वर्षको कात्तिक मसान्तसम्म २७४८.८ विन्दुमा पुगेको छ । सेयरबजारमा ह्वात्तै बढेसँगै धितोपत्र बजार पुँजीकरण हिस्सा पनि बढ्न पुगेको हो ।  

Muktinath Bikas Bank Limited

पछिल्लो समय सूचीकृत कम्पनीहरुले पहिलाको वर्षहरुमा जस्तो बोनस सेयर समेत बाँड्न सकेका छैनन् । सर्वाधिक बोनस सेयर बाँड्नेमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी पर्दछन् तर पछिल्लो समय यी कम्पनीहरुले पनि बढी नगद लाभांशमा नै जोड दिन थालेका छन् । यसर्थ धितोपत्र बजार पुँजीकरण बढ्नमा सूचीकृत कम्पपनीहरुको सेयरभाउ नै बढ्नु मुख्य कारण हो ।  

नेप्सेमा रहेका समूहहरुमध्ये फाइनान्स सेक्टरको पुँजीकरण सर्वाधिक बढेको छ ।  

फाइनान्स सेक्टरको पुँजीकरण सर्वाधिक बढ्नुको कारण  

नेप्सेमा १५ वटा फाइनान्स कम्पनी सूचीकृत छन् । गत वर्षको तुलनामा फाइनान्स कम्पनीहरुको सेयरभाउ १३४.४३ प्रशितले बृद्धि भएको छ । गत वर्षको कात्तिम महिनासम्म १६०४.०९ विन्दुमा रहेको फाइनान्स इन्डेक्स यस वर्षको सोही अवधिसम्म बढेर ३७६१.७७ विन्दुमा पुगेको छ ।  

सूचीकृत समूहहरुमध्ये फाइनान्स सेक्टरका कम्पनीहरुको सेयरभाउ सर्वाधिक बढ्न पुगेकाले धितोपत्र बजार पुँजीकरण पनि यो समूहको नै सर्वाधिक बढेको हो । यस वर्ष बजारमा फाइनान्स समूहका कम्पनीहरु निकै चर्चामा छन् । गत वर्षमा गुपचुप रहेका फाइनान्स कम्पनीहरु यस वर्ष हल्ला र चर्चाका कारणले नै बढ्न पुगेका छन् ।  

खुद नाफा र वितरणयोग्य मुनाफा ऋणात्मक अवस्थामा रहेका नेपाल फाइनान्स, समृद्धी फाइनान्स र वेष्ट फाइनान्स जस्ता कम्पनीहरु नै सेयरबजारमा चर्चित छन् । पछिल्लो समय बजारमा हल्ला र चर्चाको आधारमा सेयर किन्ने प्रवृत्तिले गर्दा आधारभुत पक्ष कमजोर भएका यस्ता फाइनान्स कम्पनीको सेयरभाउ माथि उचालिएको प्रष्ट छ ।  

बजारमा सेयर खेलाडीहरुले लो क्याप भएका फाइनान्स कम्पनीलाई लिएर सेयर चलखेल गरेको पाइन्छ । सेयरधनीको हात खाली बनाउने यस्ता कम्पनीकै सेयरभाउ माथि पुग्ने गतिविधिले बजारमा राम्रा वित्तीय अवस्था भएका कम्पनीहरु छायाँमा परेका छन् ।  

अन्य समूहको बजार पुँजीकरण कति ?  

फाइनान्स समूहपछि धितोपत्र बजार पुँजीकरण हाइड्रो सेक्टरबाट थपिएको छ । गत वर्षको कात्तिक महिनासम्म हाइड्रो सेक्टरको बजार पुँजीकरण ३ खर्ब ५९ अर्ब ८६ करोड रुपैयाँ रहेकोमा यस वर्षको सोही अवधिसम्म ९२.६८ प्रतिशतले बढेर ६ खर्ब ९३ अर्ब ३८ करोड रुपैयाँ कायम भएको छ ।  

त्यस्तै, अन्य समूहको धितोपत्र बजार पुँजीकरण ७१.३७ प्रतिशतले बृद्धि भएको छ । गत वर्ष २ खर्ब ३४ अर्ब ७४ करोड रुपैयाँ रहेको धितोपत्र बजार पुँजीकरण यस वर्ष ४ खर्ब २ अर्ब २७ करोड रुपैयाँ कायम भएको छ ।  

लगानी समूहको धितोपत्र बजार पुँजीकरण पनि ६७.३५ प्रतिशलते बढेको छ । यो समूहको बजार पुँजीकरण ३ खर्ब ३८ अर्ब ३६ करोड रुपैयाँ कायम भएको छ । गत वर्षमा यो समूहको बजार पुँजीकरण २ खर्ब २अर्ब १९ करोड रुपैयाँ थियो ।  

त्यस्तै, उत्पादन तथा प्रशोधन समूहको ६०.८५ प्रतिशत, विकास बैंक समूहको ५८.०६ प्रतिशत, माइक्रोफाइनान्स समूहको ५३.९६ प्रतिशत, इन्स्योरेन्स समूहको ४३.४३ प्रतिशत, होटल समूहको ३७.९३ प्रतिशत, ब्यापार समूहको ३६.४६ प्रतिशत र वाणिज्य बैंक समूहको ३०.२४ प्रतिशतले धितोपत्र बजार पुँजीकरण बृद्धि भएको छ ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X