मंगलवार, श्रावण १९,२०८३ 12:41:58
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 12:41:58
Bizshala
Global IME Bank Limited

एनएमबि बैंकको अनलाइन पेमेन्ट गेटवेको लागि एनसीएचएलसँग सहकार्य

एनएमबि बैंकको अनलाइन पेमेन्ट गेटवेको लागि एनसीएचएलसँग सहकार्य
New Office

काठमाण्डौ । एनएमबि बैंकले नेपाल क्लियरिङ हाउस (एनसीएचएल)सँगको सहकार्यमा कार्डमा आधारित अनलाइन पेमेन्ट गेटवे सुचारु गर्ने भएको छ । पेमेन्ट गेटवेको सुविधा मार्फत बैंकले फिजिकल मर्चेन्ट जस्तै अन्लाईन मर्चेन्ट पनि अक्वायर गरी उक्त बैंकका अन्लाईन मर्चेन्टहरुले जुनसुकै राष्ट्रिय तथा अन्तराष्ट्रिय बैंकहरुबाट जारी गरिएको भिसा र मास्टर कार्ड मार्फत भुक्तानी प्राप्त गर्न सक्नेछन् ।

बैंकले नेपालमा ईकमर्स ट्रान्जेक्सनलाई प्रवद्र्धन गर्ने उद्देश्यले अनलाइन पेमेन्ट गेटवे सञ्चालनमा ल्याएको हो । यस पेमेन्ट गेटवेले थ्रिडी सेक्योर प्रविधि प्रयोग गरी ग्राहकका कार्ड भुक्तानीहरूलाई थप सुरक्षित बनाउनुका साथै अनाधिकृत कारोबारको जोखिम पनि न्यूनीकरण गर्दछ । राष्ट्रिय तथा अन्तराष्ट्रिय पेमेन्टहरू सपोर्ट गर्ने भएकोले उक्त पेमेन्ट गेटवेले मर्चेन्टहरुलाई आफ्नो व्यवसायको दायरा विस्तार गर्न थप सहज हुनेछ ।

अनलाइन वा ई–कमर्समा आधारित मर्चेन्टहरुले उक्त पेमेन्ट गेटवेमा आवद्ध हुन बैंकसँग सम्पर्क राखी आवश्यक प्रकृया र प्राविधिक व्यवस्था गरे पश्चात् उक्त सेवा आफ्नो पोर्टलमा इन्टिग्रेट गर्न सक्नेछन् ।  

एनएमबि बैंकले एनसीएचएलसँगको सहकार्यमा आफ्ना ग्राहकहरुका लागि ECC, IPS, RPS, NEPALPAY QR, connectIPS, CORPORATEPAY लगायतका विभिन्न सेवाहरु प्रदान गर्दै आएकोमा अब ई–कमर्स पेमेन्ट गेटवेको सेवा पनि थपिएको हो ।  

एनसीएचएलले हाल १४ वटा बैंक तथा वित्तीय संस्थाहरुलाई डोमेस्टिक र विभिन्न अन्तर्राष्ट्रिय कार्ड कारोवार गर्न, होस्टिंग, स्विचिंग र अनलाइन पेमेन्ट गेटवे लगायतका सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

एनएमबि बैंकको अनलाइन पेमेन्ट गेटवेमा सहभागिता सँगै, नेपालमा डिजिटल भुक्तानीको दायरा अझ विस्तारित हुने अपेक्षा गरिएको छ ।  एनएमबि बैंकले ७७ जिल्लामा २०२ शाखा कार्यालय, १८४ एटिएम, ९ एक्सटेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.