सर्वसाधारणका लागि एनएमबि बैंकको संस्थापक सेयर बिक्रीमा
काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले २४ हजार ३१२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै आजदेखि उक्त सेयर बिक्रीमा राखेको हो । उक्त सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको १५ दिनभित्र आवश्यक कागजात संलग्न गरी बबरमहलमा रहेको कम्पनीका सचिवको...

