मंगलवार, श्रावण १९,२०८३ 12:42:03
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 12:42:03
Bizshala
Global IME Bank Limited

इम्पेयरमेन्ट चार्ज बढेसँगै एनएमबी बैंकको नाफा घट्यो, वितरणयोग्य मुनाफा कति ?

इम्पेयरमेन्ट चार्ज बढेसँगै एनएमबी बैंकको नाफा घट्यो, वितरणयोग्य मुनाफा कति ?
New Office

काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्म १ अर्ब ६४ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवमा बैंकले आर्जन गरेको २ अर्बको तुलनामा १७.७१ प्रतिशतले कम हो ।

बैंकको खुद ब्याज आम्दानी भने बढेको छ। यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ४ अर्ब ७७ करोड रुपैयाँ रहेको छ । जुन अघिल्लो आवको तुलनामा १२.१८ प्रतिशतले बढी हो । बैंकको खुद शुल्क तथा कमिशन आम्दानी पनि बढेको छ । अघिल्लो आवमा १ अर्ब १० करोड रुपैयाँ रहेको बैंकको खुद शुल्क तथा कमिशन आम्दाबी बढेर १ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ ।  

बैंकको रिटेन्ड अर्निङको आकार ५६ करोड ४३ लाख र रिजर्भको आकार १२ अर्ब ८१ करोड रुपैयाँबराबर रहेको छ । बैंकको निक्षेप २ खर्ब ८० अर्बबाट बढेर २ खर्ब ९१ अर्ब रुपैयाँ पुगेको छ ।  

यस्तै बैंकको कर्जा परिचालन पनि २ खर्ब २८ अर्बबाट बढेर २ खर्ब ३९ अर्ब पुगेको छ ।  

बैंकले सम्भावित जोखिमका लागि १ अर्ब ५५करोड रुपैयाँ इम्पेयरमेन्ट चार्जको रुपमा छुट्टाएको छ । अघिल्लो आवमा भने बैंकले इम्पेयरमेन्ट चार्जका लागि ३४ करोड ४७ लाख मात्रै छुट्टाएको थियो । यो अवधिमा बैंकको खराब कर्जा अनुपातमा वृद्धि भएको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म ३.९६ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर ४.५६ प्रतिशत पुगेको छ ।

अघिल्लो आवमा १ अर्ब ३३ करोड रहेको बैंकको वितरणयोग्य मुनाफा ५६ करोड ४३ लाखमा सीमित बनेको छ । यो अवधिमा बैंकको लाभांश क्षमता पनि १०.२५ प्रतिशतबाट घटेर ५.१८ प्रतिशतमा खुम्चिएको छ ।

खुद नाफा घटेसँगै बैंकको प्रतिसेयर आम्दानीमा पनि घटेको छ । बैंकको ईपीएस २०.७८ रुपैयाँबाट घटेर १७.१०  रुपैयाँमा सीमित बनेको छ । यस्तै बैंकको प्रतिसेयर नेटवर्थ १६८.७५ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ८६२.२५रुपैयाँ, मूल्य आम्दानी अनुपात १३.९८ गुणा र तरलता अनुपात २५.४७ प्रतिशत कायम भएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.