बिहीबार, बैशाख ३१,२०८३ 05:30:17
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 05:30:17
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

एनएमबि बैंकले पायो एशिया प्यासिफिक WEPs अन्तर्गतको लैङ्गिक समावेशी कार्यस्थलको अवार्ड

Laxmi Sunrise Bank Limited
एनएमबि बैंकले पायो एशिया प्यासिफिक WEPs अन्तर्गतको लैङ्गिक समावेशी कार्यस्थलको अवार्ड
Shivam Cement

काठमाण्डौ । एनएमबि बैंकले एशिया प्यासिफिक  WEPs अन्तर्गतको लैङ्गिक समावेशी कार्यस्थलको अवार्ड प्राप्त गरेको छ ।  

२०२४ को UN Women एशिया–प्यासिफिक WEPs अवार्डअन्तर्गत लैङ्गिक समावेशी कार्यस्थल कायम गर्ने पहललाई सम्मान गर्दै यो बैंकलाई यो विशेष अवार्ड प्रदान गरिएको हो । यो सम्मान लैङ्गिक समानता र सामाजिक समावेशीकरण प्रवर्दन गर्ने एनएमबि बैंकको पहलहरूको सम्मान स्वरुप प्रदान गरिएको बैंकले जनाएको छ ।  

UN Women र UN Global Compact द्वारा कार्यस्थल, बजार र समुदायहरूमा महिला सशक्तीकरण गर्दै लैङ्गिक समानता प्रवर्द्धनका लागि विश्वव्यापी मापदण्डहरू निर्धारण गरेको छ । एनएमबि बैंकले ती विश्वव्यापी मापदण्डहरू कार्यान्वयन गर्नका लागि बैंकको तर्फबाट सक्दो प्रयास गरेको जनाएको छ । 

Bizshala
New Office
CG Motors

ती प्रयासहरुमा She Leads Tomorrow Scholarship, NMB NextGen Banking Leaders Scholarship महिलाको नेतृत्वमा सबै महिला कर्मचारीद्वारा सञ्चालीत शाखाहरू, महिला नेतृत्व विकाशका कार्यक्रमहरू र सामाजिक समावेशीकरणमा केन्द्रित CSR गतिविधिहरू रहेका छन् ।

यस अवार्डले एनएमबि बैंकलाई विश्व बजारमा ध्भ्एक अन्तर्गतको ग्ल् ध्यmभल द्वारा मान्यता प्राप्त पहिलो नेपाली संस्थाको रूपमा उभ्याएको छ । एशिया–प्यासिफिक देशका ६०० भन्दा बढी आवेदक संस्थाहरू मध्यबाट यो विशेष अवार्ड बैंकलाई प्रदान गरेको हो ।  

Garima Development Bank
Shivam Cement
IME remit

यस अवार्डले एनएमबिबैंकलाई निरन्तर रुपमा समावेशी र दीगो विकाश गर्ने आफ्नो उद्देश्य प्राप्त गर्दै अघी बढ्न प्रोत्साहन मिलेको बैंकले उल्लेख गरेको छ । एनएमबि बैंकले हाल देशभर २०१ शाखाहरु, १८७ एटीएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ  ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.