बुधबार, असार १०,२०८३ 03:11:15
Bizshala
  • बुधबार, असार १०,२०८३ 03:11:15
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एनएमबि बैंकको बाह्रौं ‘हेरिटेज वाक’ कार्यक्रम सम्पन्न

Laxmi Sunrise Bank Limited
एनएमबि बैंकको बाह्रौं ‘हेरिटेज वाक’ कार्यक्रम सम्पन्न

काठमाण्डौ । एनएमबि बैंकले बैशाख २० गते शनिवारको दिन एनएमबि बैंकको गट्ठाघर शाखाबाट सुरु भई शन्खधर पार्क, बालकुमारी मन्दिर, पाटी बिहार, नगदेश हुँदै बोडेको महालक्ष्मी मन्दिरसम्म पुगि समापनहुने बाह्रौं हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ ।

समृद्ध नेपालको अपार सम्भावना सहित मुलुकको ऐतिहासिक तथा सामाजिक रुपान्तरणको लागि सांस्कृतिक सम्पदा प्रवद्र्धन तथा साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले उक्त समारोहको आयोजना गरिएको बैंकले जनाएको छ ।  

New Office
CG Motors
Garima Development Bank

एनएमबि बैंक लिमिटेडले नेपाल हेरिटेज सोसाईटीको सहकार्यमा बैंकका कर्मचारी,मध्यपुर थिमि नगरपालिकाका कर्मचारी, नेपाल हेरिटेज सोसाईटीका सदस्यहरु तथा सर्वसाधारणहरु गरी लगभग ७०० जनाको सहभागितामा सो कार्यक्रम सम्पन्न गरेको हो । सो कार्यक्रमको प्रमुख अतिथिका रुपमा मध्यपुर थिमि नगरपालिकाकामेयर सुरेन्द्र श्रेष्ठ उपस्तिथ थिए । उक्त कार्यक्रममा एनएमबि बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सम्पदा तथा वातावरण संरक्षणको लागि नेपाल हेरिटेज सोसाईटीलाइ रु ५लाख सहयोगका साथै मध्यपुर थिमि नगरपालिकाकालाई डस्टविनहरु समेत हस्तान्तरण गरिएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सोही प्रकारको कार्यक्रम सातै प्रदेशमा समेत गरीएको छ । बैंकले कोशी प्रदेशमा पूर्व बस स्ट्यान्डदेखि पाउपाथिभरा मन्दिर झापासम्म, मधेष प्रदेशमा बिरगंज शाखादेखि सन्कराचार्य गेट सम्म, चितवनमा लायन्स चोकदेखि हरिहर मन्दिरसम्म, गण्डकी प्रदेशमा लेकसाइड शाखादेखि राममन्दिर बिरौटासम्म, लुम्बिनी प्रदे्रशमा भल्वारी शाखादेखि मोक्षधाम सेवाआश्रमसम्म, कर्णाली प्रदे्रशमा बिरेन्द्रनगर शाखादेखि काक्रेबिहार मन्दिरसम्म र सुदूरपश्चिम प्रदेशमा ग्रीन गोदावरि रिसोर्टदेखि गोदावरी शिवमन्दिरसम्म हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ ।  

एनएमबि बैंकले हाल देशभरी २०२ शाखाहरु, १८६ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.