आईतवार, आश्विन १८,२०८३ 06:17:09
Bizshala
  • आईतवार, आश्विन १८,२०८३ 06:17:09
Bizshala
Global IME Bank Limited

एनएमबि बैंकको नयाँ अटो लोन योजनाः अब मात्र ७.१३% ब्याजदरमा गाडी किन्न पाइने

Bizshala
एनएमबि बैंकको नयाँ अटो लोन योजनाः अब मात्र ७.१३% ब्याजदरमा गाडी किन्न पाइने
New Office

काठमाण्डौ । एनएमबि बैंकले नाडा अटो शोमा सहभागिता जनाउँदै र आउने चाडपर्वलाई लक्षित गर्दै विशेष अटो लोन योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत ग्राहकहरूले केवल ७.१३ प्रतिशतको आकर्षक ब्याजदरमा सवारी साधन कर्जा उपभोग गरी व्यतिगत सवारि साधन किन्न सक्नेछन् ।  

बैंकले यो योजना सीमित अवधिका लागि मात्र ल्याएको हो र आवेदन प्रक्रिया सहज र लचिलो बनाईएको बैंकले जनाएको छ। इलेक्ट्रिक सवारी साधन किन्न चाहने ग्राहकहरुका लागि, एनएमबि बैंकको यो अफर एक राम्रो भएको बैंकको भनाई छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

एनएमबि बैंकले यस अफर मार्फत वातावरण मैत्री सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्दै नेपालको दिगो तथा हरित भविष्य निर्माणतर्फ सहयोग गर्ने लक्ष्य लिएको छ । बैंकको यो प्रयास दिगो विकासमा टेवा पुऱ्याउने र ग्राहकलाई केन्द्रमा राखेर सेवाहरु उपलब्ध गराउने प्रतिबद्धताको एउटा उदाहरण भएको बैंकले जनाएको छ।

एनएमबि बैंकले हाल देशभरी २०२ शाखाहरु, १८७ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.