बुधबार, आश्विन १४,२०८३ 07:01:36
Bizshala
  • बुधबार, आश्विन १४,२०८३ 07:01:36
Bizshala
Global IME Bank Limited

एनएमबी बैंकमा अनलाइन कर्जा आवेदन तथा ‘रियल–टाइम’ ट्र्याकिङ प्रणाली शुरु

Bizshala
एनएमबी बैंकमा अनलाइन कर्जा आवेदन तथा ‘रियल–टाइम’ ट्र्याकिङ प्रणाली शुरु
New Office

काठमाण्डौ । एनएमबी बैंकले डिजिटल रूपान्तरणलाई थप प्रभावकारी बनाउँदै अनलाइन कर्जा आवेदन तथा ‘रियल–टाइम’ ट्र्याकिङ प्रणाली सञ्चालनमा ल्याएको छ। नयाँ व्यवस्थासँगै ग्राहकले कर्जा लिन बैंक धाउनुपर्ने तथा कागजी प्रक्रिया पूरा गर्नुपर्ने झन्झटबाट राहत पाउने बैंकले जनाएको छ।

बैंकका अनुसार नयाँ डिजिटल पोर्टलमार्फत ग्राहकले जुनसुकै स्थान वा उपकरणबाट सहज रूपमा कर्जाका लागि आवेदन दिन सक्नेछन्। साथै, आवेदन कुन चरणमा पुगेको छ भन्ने जानकारीसमेत ‘रियल–टाइम’ मा हेर्न सकिनेछ।

बैंकले नयाँ प्रणालीले कर्जा स्वीकृतिका लागि लाग्ने समय घटाउनुका साथै सम्पूर्ण प्रक्रियालाई पारदर्शी, सरल र ग्राहकमैत्री बनाउने विश्वास लिएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

अनलाइन कर्जा आवेदन दिने प्रक्रिया

ग्राहकले digi.nmb.com.np  मा लगइन गरी Loan Services मा गएर Explore Products मा क्लिक गर्नुपर्नेछ। त्यसपछि आफूलाई आवश्यक कर्जाको प्रकार छनोट गरी माग गरिएका विवरण भर्न सकिनेछ।

आवेदन फाराम बुझाएपछि ग्राहकले तत्काल Online Loan Tracking ID प्राप्त गर्नेछन्। उक्त ट्र्याकिङ आईडी प्रयोग गरी आफ्नो कर्जा आवेदनको अवस्था तथा प्रक्रिया कुन चरणमा पुगेको छ भन्ने जानकारी प्रत्यक्ष रूपमा हेर्न सकिने बैंकले जनाएको छ।

एनएमबी बैंकका अनुसार यो सेवा नेपालमा आधुनिक तथा कागजरहित बैंकिङ सेवाको प्रवर्द्धन गर्ने उद्देश्यअनुरूप सुरु गरिएको हो। कर्जा प्रक्रियालाई पूर्ण रूपमा डिजिटल बनाउँदै ग्राहकको समय बचत गर्ने र प्रविधिमैत्री बैंकिङ सेवा उपलब्ध गराउने बैंकको लक्ष्य रहेको छ।

हाल एनएमबी बैंकले देशभर १९७ शाखा, १७६ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.