काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले संस्थापक समूहको सेयर लिलामीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ५१ हजार ७४६ कित्ता संस्थापक सेयर आजदेखि लिलामीमा राखेको हो ।
यो सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीहरुले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सूमना जारी भएको ७ दिनभित्र आवेदन दिनु पर्नेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।