काठमाण्डौ । एनएमबि बैंक तथा काङ हाइड्रोपावर कम्पनीबीच १७.८५ मेगावाट क्षमताको ताप्लेजुङ्ग जिल्ला, मैवाखोला तथा मेरिङदेन गाउँपालिकामा अवस्थित माथिल्लो मैवाखोला जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन भएको छ ।
एनएमबि बैंकको तर्फबाट दिनेश दुलाल – चिफ, सस्टेनेबल ईनर्जी बैंकिङ तथा काङ हाइड्रोपावर कम्पनीको तर्फबाट प्रबन्ध निर्देशक गणेश प्रसाद सुब्बाले ऋण सम्झौतापत्रमा हस्ताक्षर गरे ।
हस्ताक्षर पश्चात एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे,तथा कम्पनीको तर्फबाट प्रबन्ध निर्देशक गणेश प्रसाद सुब्बाले ऋण सम्झौतापत्र आदानप्रदान गरे ।
सोही कार्यक्रममा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले आयोजना निर्धारित लागत तथा तोकिएको समय सिमाभित्र सकाउन र आयोजना निर्माण गर्दा प्राविधिक पक्ष,वातावरणीय तथा पर्यावरणीय पक्षलाई ध्यानमा राखि सोको उचित समाधान पहिचान गरी अगाडि बढ्न पनि कम्पनीलाई आग्रह गरे ।
गणेश प्रसाद सुब्बाले एनएमबि बैंकलाई धन्यवाद ज्ञापन गर्नुका साथै माथिल्लो मैवाखोला जलविद्युत आयोजना निर्धारित लागत तथा समयसिमामा सम्पन्न गर्ने प्रतिवद्धता समेत जाहेर गरी कार्यक्रमको समापन गरे ।