बुधबार, कार्तिक ४,२०८३ 04:34:52
  • बुधबार, कार्तिक ४,२०८३ 04:34:52
Global IME Bank Limited

एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ शुरु

Bizshala
एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ शुरु
New Office

काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले नेपालका सातवटै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ योजना सुरु गरेको छ । देशका विभिन्न भागमा रहेका ग्राहकहरूको स्थानीय पहिचान र वित्तीय आवश्यकतालाई ध्यानमा राख्दै बैंकले यो नयाँ बचत योजना ल्याएको हो ।  

एनएमबि बैंकले सातै प्रदेशका लागि सातवटा विशेष खाता योजना सुरुवबात गरेको छ, जसमा कोशी प्रदेशका लागि कोशी बचत खाता, मधेस प्रदेशका लागि मिथिला बचत खाता, बागमती प्रदेशका लागि बागमती बचत खाता, गण्डकी प्रदेशका लागि फेवा बचत खाता, लुम्बिनी प्रदेशका लागि बुद्ध भूमि बचत खाता, कर्णाली प्रदेशका लागि रारा बचत खाता, र सुदूरपश्चिम प्रदेशका लागि खप्तड बचत खाता रहेका छन् ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

डिजिटल बैंकिङ र बचतलाई प्रोत्साहन गर्न यस योजनामा धेरै आकर्षक सुविधाहरू समावेश गरिएका छन् । ग्राहकहरूले पहिलो वर्षका लागि निःशुल्क मोबाइल बैंकिङ, निःशुल्क इन्टरनेट बैंकिङ, र निःशुल्क भिसा डेबिट कार्डका साथै पहिलो वर्षका लागि निःशुल्क डिम्याट र मेरोसेयर खाता दर्ता सुविधा र अन्य धेरै थप सुविधाहरू प्राप्त गर्नेछन् ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

यस बचत खाताको सुरुवात मार्फत एनएमबि बैंकले देशका सबै भागमा सजिलो, आधुनिक र डिजिटल बैंकिङ सेवा पु¥याउने आफ्नो लक्ष्यलाई अझ अगाडि बढाएको छ । एनएमबि बैंकले हाल देशभरी १९८ शाखाहरु, १७६ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.