बुधबार, चैत्र २०,२०८१ 02:44:06
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 02:44:06
IME remit
Global IME Bank Limited

एनएमबि बैंकद्वारा २ अर्ब बढी मुनाफा आर्जन, अन्य सूचकमा पनि राम्रो सुधार

Hyundai Nepal
एनएमबि बैंकद्वारा २ अर्ब बढी मुनाफा आर्जन, अन्य सूचकमा पनि राम्रो सुधार
Nabil Bank Limited

काठमाण्डौ । एनएमबि बैंक लिमिटेडको विीत्तय अवस्थामा सुधार देखिएको छ । बैंकले आज सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक प्रतिवेदन अनुसार बैंकले अधिकांश सूचकमा प्रगति गरेको देखिएको छ । बैंकले यो अवधिमा २ अर्ब ३५ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो भनेको अघिल्लो आवको सोही अवधिको तुलनामा ४५.६१ प्रतिशत।ले बढी हो ।  

अघिल्लो आवको दोस्रो त्रैमाससम्म बैंकले १ अर्ब ३७ करोड रुपैयाा खुद नाफा कमाएको थियो ।  

बैंकको खुद ब्याज आम्दानीमा आएको सुधारसँगै नाफा बढेको हो । यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ४ अर्ब २५ करोड रुपैयाँ रहेको छ । जुन अघिल्लो आवको तुलनामा १३.७२ प्रतिशतले बढी हो । बैंकको खुद सञ्चालन आम्दानीमा पनि १४.२८ प्रतिशतको सुधार आएको छ । बैंकको खुद सञ्चालन आम्दानी ५ अर्ब ३३ करोड रुपैयाँ रहेको छ ।  

Shivam Cement
Bizshala
CG Motors

बैंकको रिटेन्ड अर्निङको आकार १ अर्ब ३३ करोड र रिजर्भको आकार ११ अर्ब ३५ करोड रुपैयाँबराबर रहेको छ । बैंकको निक्षेप २ खर्ब २३ अर्बबाट बढेर २ खर्ब ४६ अर्ब रुपैयाँ पुगेको छ ।  

यस्तै बैंकको कर्जा परिचालन पनि १ खर्ब ९४ अर्बबाट बढेर २ खर्ब १८ अर्ब पुगेको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बैंकले सम्भावित घाटाका लागि ३४ करोड ४७ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्जको रुपमा छुट्टाएको छ । यो अवधिमा बैंकको खराब कर्जा अनुपातमा भने केही वृद्धि देखिएको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म २.८६ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर ३.९६ प्रतिशत पुगेको छ । अघिल्लो आवमा ९९ करोड ४८ लाख रुपैयाँले ऋणात्मक रहेको बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ३३ करोड रुपैयाँले धनात्मक बनेको छ । यो अवधिमा बैंकको वार्षिक वितरणयोग्य प्रतिसेयर आम्दानी पनि ७.०१ रुपैयाा ऋणात्मकबाट १०.२५ रुपैयाँ धनात्मक बनेको छ ।  

खुद नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानीमा पनि बढेको छ । बैंकको ईपीएस १४.९८ रुपैयाँबाट बढेर २१.८२  रुपैयाँ पुगेको छ । यस्तै बैंकको प्रतिसेयर नेटवर्थ १६९.१० रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ७५६ रुपैयाँ, मूल्य आम्दानी अनुपात १०.९५ गुणा र तरलता अनुपात २४.६८ प्रतिशत कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.