बिहीबार, बैशाख ३१,२०८३ 05:32:23
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 05:32:23
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

एनएमबि बैंकद्वारा २ अर्ब बढी मुनाफा आर्जन, अन्य सूचकमा पनि राम्रो सुधार

Laxmi Sunrise Bank Limited
एनएमबि बैंकद्वारा २ अर्ब बढी मुनाफा आर्जन, अन्य सूचकमा पनि राम्रो सुधार
Shivam Cement

काठमाण्डौ । एनएमबि बैंक लिमिटेडको विीत्तय अवस्थामा सुधार देखिएको छ । बैंकले आज सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक प्रतिवेदन अनुसार बैंकले अधिकांश सूचकमा प्रगति गरेको देखिएको छ । बैंकले यो अवधिमा २ अर्ब ३५ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो भनेको अघिल्लो आवको सोही अवधिको तुलनामा ४५.६१ प्रतिशत।ले बढी हो ।  

अघिल्लो आवको दोस्रो त्रैमाससम्म बैंकले १ अर्ब ३७ करोड रुपैयाा खुद नाफा कमाएको थियो ।  

बैंकको खुद ब्याज आम्दानीमा आएको सुधारसँगै नाफा बढेको हो । यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ४ अर्ब २५ करोड रुपैयाँ रहेको छ । जुन अघिल्लो आवको तुलनामा १३.७२ प्रतिशतले बढी हो । बैंकको खुद सञ्चालन आम्दानीमा पनि १४.२८ प्रतिशतको सुधार आएको छ । बैंकको खुद सञ्चालन आम्दानी ५ अर्ब ३३ करोड रुपैयाँ रहेको छ ।  

Bizshala
New Office
CG Motors

बैंकको रिटेन्ड अर्निङको आकार १ अर्ब ३३ करोड र रिजर्भको आकार ११ अर्ब ३५ करोड रुपैयाँबराबर रहेको छ । बैंकको निक्षेप २ खर्ब २३ अर्बबाट बढेर २ खर्ब ४६ अर्ब रुपैयाँ पुगेको छ ।  

यस्तै बैंकको कर्जा परिचालन पनि १ खर्ब ९४ अर्बबाट बढेर २ खर्ब १८ अर्ब पुगेको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit

बैंकले सम्भावित घाटाका लागि ३४ करोड ४७ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्जको रुपमा छुट्टाएको छ । यो अवधिमा बैंकको खराब कर्जा अनुपातमा भने केही वृद्धि देखिएको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म २.८६ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर ३.९६ प्रतिशत पुगेको छ । अघिल्लो आवमा ९९ करोड ४८ लाख रुपैयाँले ऋणात्मक रहेको बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ३३ करोड रुपैयाँले धनात्मक बनेको छ । यो अवधिमा बैंकको वार्षिक वितरणयोग्य प्रतिसेयर आम्दानी पनि ७.०१ रुपैयाा ऋणात्मकबाट १०.२५ रुपैयाँ धनात्मक बनेको छ ।  

खुद नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानीमा पनि बढेको छ । बैंकको ईपीएस १४.९८ रुपैयाँबाट बढेर २१.८२  रुपैयाँ पुगेको छ । यस्तै बैंकको प्रतिसेयर नेटवर्थ १६९.१० रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ७५६ रुपैयाँ, मूल्य आम्दानी अनुपात १०.९५ गुणा र तरलता अनुपात २४.६८ प्रतिशत कायम भएको छ ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.