काठमाण्डौ । एनएमबी बैंक लिमिटेडको फर्साटिकार शाखा कार्यालय स्थानान्तरण हुने भएको छ । बैंकको रुपन्देही जिल्लाको शुद्धोधन गाउँपालि–४ को फर्साटिकारस्थित शाखा कार्यालय स्थानान्तरण हुन लागेको हो ।
उक्त शाखा कार्यालय हाल सञ्चालनमा रहेको सोही गाउँपालिका–४ मा रहेको कार्यालयबाट ५० मिटरको दूरीमा रहेको उत्तरतर्फको नयाँ भवनमा स्थानान्तरण हुन लागेको हो ।
नयाँ शाखा कार्यालयबाट जेठ १३ गतेदेखि बैंकिङ सेवा सुचारु हुने बैंकले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।