मंगलवार, श्रावण १९,२०८३ 12:42:50
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 12:42:50
Bizshala
Global IME Bank Limited

एनएमबि बैंक र हिल्टन काठमाण्डौबीच सम्झौता, ग्राहकहरूलाई विशेष छुट

एनएमबि बैंक र हिल्टन काठमाण्डौबीच सम्झौता, ग्राहकहरूलाई विशेष छुट
New Office

काठमाण्डौ । एनएमबि बैंक र हिल्टन काठमाण्डौबीच एनएमबि बैंकका कर्मचारी र ग्राहकहरूलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । 

उक्त सम्झौता पत्रमा एनएमबि बैंकका ग्राहकहरुले हिल्टन काठमाण्डौमा एनएमबि बैंकको कार्ड (डेबिट, क्रेडिट, प्लाटिनम क्रेडिट कार्ड) र मोबाइल बैंकिङबाट रकम भुक्तानी गर्दा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् ।

यो सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारको यात्रामा उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोग र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्नलाई प्रोत्साहन गर्न समय समयमा यस्ता ग्राहकमैत्री दीगो सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ ।

डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरणहरू एनएमबि बैंकको वेबसाइटबाट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

एनएमबि बैंकले देशभर २०२ वटा शाखा, १८७ वटा एटीएम र ९ विस्तारित काउन्टर मार्फत व्यापक वित्तीय सेवा प्रदान गर्दै आईरहेको छ ।

 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.