शनिबार, श्रावण १०,२०८२ 08:00:13
  • शनिबार, श्रावण १०,२०८२ 08:00:13
Global IME Bank Limited

एनएमबि बैंकका ग्राहकले कतार एयरवेजको हवाई टिकटमा आकर्षक छुट पाउने

Hyundai Nepal
एनएमबि बैंकका ग्राहकले कतार एयरवेजको हवाई टिकटमा आकर्षक छुट पाउने
Shivam Cement

काठमाण्डौ । एनएमबि बैंकले विश्वकै अग्रेणी एयरलाइन्स कतार एयरवेजसँग साझेदारी गरी आफ्ना ग्राहकहरुलाई विशेष छुट उपलब्ध गराउने भएको छ । सम्झौताअनुसार बैंकका ग्राहकहरूले कतार एयरवेजको वेबसाइट मार्फत हवाई भाडा खरिदगर्दा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।  

छुट प्राप्त गर्नको लागि नेपालबाट प्रस्थान गर्ने कतार एयरवेजको उडानको टिकट काट्दा,  ग्राहकले अनलाइन प्रमोशनल कोड QRNMB24 प्रयोग गर्नुपर्नेछ । यो अफर मार्फत ग्राहकहरूले सुपथ मुल्यमा आरामदायी उडानको लाभ लिन सक्ने बैंकले विश्वास लिएको छ । साथै, कतार एयरवेज स्टुडेन्ट क्लबका विद्यार्थीहरूलेथप लगेज लगायत अन्य विशेष सुविधा समेत पाउनेछन् ।  

Muktinath Bikas Bank Limited

एनएमबि बैंक विगत २८ वर्ष देखि अनवरत रुपमा बैंकिङ सेवा सुविधा प्रदान गर्दै आइरहेको, नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतपत्र प्राप्त एक अग्रेणी वित्तीय संस्था हो । बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एशियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा हाल सम्म चार पटक नेपालको उत्कृष्ट बैंकको उपाधी प्राप्त गरिसकेको छ । एनएमबि बैंकले हाल देशभर २०१ शाखा, १८८ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत सेवा प्रदान गदै आइरहेको छ ।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.