काठमाण्डौ । एनएमबि बैंक लिमिटेडको संस्थापक समूहको सेयर लिलामीमा राखिएको छ । बैंकको विभिन्न संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १ लाख ८० हजार २८८ कित्ता संस्थापक सेयर आजदेखि लिलामीमा राखिएको हो ।
यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनी तथा अन्य व्यक्ति तथा कम्पनीहरुले आवेदन दिन सक्नेछन् । बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११० रुपैयाँ निर्धारण गरिएको छ । लगानीकर्ताले न्यूनतम ५ हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ ।
लगानीकर्ताले मंसिर २३ गतेभित्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा आईपुगने गरी आवेदन दिनुपर्नेछ ।