काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुई कम्पनीको सेयरमूल्य समायोजन भएको छ । नेप्सेमा साना किसान विकास लघुवित्त र एनएमबी बैंकको सेयरमूल्य समायोजन भएको हो । यी दुवै कम्पनीले गत आवका लागि आफ्ना सेयरधनीहरुका लागि प्रस्ताव गरेको बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।
समायोजनपश्चात साना किसान विकास लघुवित्तको सेयरमूल्य प्रतिकित्ता ७७१.९९ रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि बैंकको सेयरमूल्य प्रतिकित्ता ८८२ रुपैयाँ कायम थियो । संस्थालेले आव २०८१/८२ का लागि सेयरधनीहरुलाई १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल १५ प्रतिशत लाभांशको घोषणा गरेको छ।
यस्तै एनएमबी बैंकले प्रस्ताव गरेको ५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन हुँदै सेयरमूल्य प्रतिकित्ता २४२.७६ रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता २५४.९० रुपैयाँ कायम थियो ।
बैंकले पनि गत आवका लागि ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश(करसहित) गरी कुल १० प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकले लाभांश पारित गर्न पुस २४ गते काठमाण्डौमा अवस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान १० बजेदेखि सभा आयोजना गर्दैछ ।
आजको कारोबारमा नयाँ समायोजित मूल्यका आधारमा दुवै कम्पनीको सेयर दोस्रो बजारमा कारोबारमा आउनेछन् ।

