मंगलवार, श्रावण १९,२०८३ 12:41:59
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 12:41:59
Bizshala
Global IME Bank Limited

नेप्सेमा यी दुई कम्पनीको सेयरमूल्य समायोजन

नेप्सेमा यी दुई कम्पनीको सेयरमूल्य समायोजन
New Office

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुई कम्पनीको सेयरमूल्य समायोजन भएको छ । नेप्सेमा साना किसान विकास लघुवित्त र एनएमबी बैंकको सेयरमूल्य समायोजन भएको हो । यी दुवै कम्पनीले गत आवका लागि आफ्ना सेयरधनीहरुका लागि प्रस्ताव गरेको बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।

समायोजनपश्चात साना किसान विकास लघुवित्तको सेयरमूल्य प्रतिकित्ता ७७१.९९ रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि बैंकको सेयरमूल्य प्रतिकित्ता ८८२ रुपैयाँ कायम थियो । संस्थालेले आव २०८१/८२ का लागि सेयरधनीहरुलाई १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल १५ प्रतिशत लाभांशको घोषणा गरेको छ।

यस्तै एनएमबी बैंकले प्रस्ताव गरेको ५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन हुँदै सेयरमूल्य प्रतिकित्ता २४२.७६ रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता २५४.९० रुपैयाँ कायम थियो ।

बैंकले पनि गत आवका लागि ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश(करसहित) गरी कुल १० प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकले लाभांश पारित गर्न पुस २४ गते काठमाण्डौमा अवस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान १० बजेदेखि सभा आयोजना गर्दैछ ।

आजको कारोबारमा नयाँ समायोजित मूल्यका आधारमा दुवै कम्पनीको सेयर दोस्रो बजारमा कारोबारमा आउनेछन् ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.