बुधबार, श्रावण ६,२०८३ 03:44:15
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 03:44:15
Bizshala
Global IME Bank Limited

यस वर्ष यो देशले खरिद गर्यो सर्वाधिक सुन, ब्राजिलले भने चार वर्षमा पहिलोपटक किन्यो

यस वर्ष यो देशले खरिद गर्यो सर्वाधिक सुन, ब्राजिलले भने चार वर्षमा पहिलोपटक किन्यो
New Office

काठमाण्डौ । यो वर्ष सुनको भाउ ह्वात्तै बढेको छ । यसको प्रमुख कारण विश्वभरका केन्द्रीय बैंकले गरेको खरिद नै हो । तेस्रो त्रैमासिकमा विश्वभरका केन्द्रीय बैंकहरूको सुन खरिद गत वर्षको तुलनामा १० प्रतिशतले बढेको छ ।

यस अवधिमा विश्वका केनद्रीय बैंकहरूले कुल २२० टन सुन खरिद गरेका छन् । यो अघिल्लो त्रैमासिकको तुलनामा २८ प्रतिशत बढी र ५ ​​वर्षको त्रैमासिक औसतभन्दा ६ प्रतिशत बढी हो । यो वर्ष हालसम्म केन्द्रीय बैंकहरुले ६ सय ३४ टन सुन खरिद गरेका छन् ।

केन्द्रीय बैंकहरुले विगत तीन वर्षदेखि १ हजार टनभन्दा बढी सुन किनेका छन् र यो वर्ष पनि त्यही दिशामा अघि बढिरहेका छन् । यस वर्ष सबैभन्दा बढी सुन किन्ने देशको सूचीमा मध्य एसियाली देश कजाकिस्तान पहिलो स्थानमा छ ।

चीनको यो छिमेकी राष्ट्रले आफ्नो सुनको भण्डारलाई तिब्र गतिमा बढाइरहेको छ । यसबाहेक तेस्रो त्रैमासिकमा ब्राजिलले पनि २०२१ पछि पहिलो पटक सुन खरिद गरेको छ । यसबाहेक भारतका केन्द्रीय बैंक, टर्कि र पोल्याण्डले पनि यो वर्ष धेरै सुन खरिद गरेका छन् ।

गोल्डम्यान साक्सको प्रतिवेदन अनुसार चीनले यस वर्ष ठूलो मात्रामा सुन खरिद गरेको छ तर आधिकारिक रूपमा कम खरिद गरेको देखाएको छ । एक अनुमानअनुसार चीनले यस वर्ष अहिलेसम्म २४० टन सुन खरिद गरेको छ भने आधिकारिक रूपमा २४ टन मात्रै सुन खरिद गरेको देखाएको छ ।

आधिकारिक रूपमा चीनको सुनको भण्डार २ हजार ३०४ टन छ तर वास्तविकतामा यो धेरै गुणा बढी रहेको विश्वास गरिन्छ । सबैभन्दा बढी सुनको भण्डारको हिसाबले अमेरिका ८ हजार १३३ टनसहित पहिलो स्थानमा छ । त्यसपछि जर्मनी (३,३५० टन), इटाली (२,४५२ टन), फ्रान्स (२,४३७ टन) र रुस (२,३३० टन) रहेको छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.