आईतवार, असार १४,२०८३ 08:07:24
Bizshala
  • आईतवार, असार १४,२०८३ 08:07:24
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

धितोपत्र बजार पुँजीकरण १२.१७% ले बढ्यो, बैंक वित्तीय संस्था र बीमा कम्पनीको हिस्सा बढी

Laxmi Sunrise Bank Limited
धितोपत्र बजार पुँजीकरण १२.१७% ले बढ्यो, बैंक वित्तीय संस्था र बीमा कम्पनीको हिस्सा बढी

काठमाण्डौ । धितोपत्र बजार पुँजीकरण १२।१७ प्रतिशतले बृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ११ महिनासम्ममा धितोपत्र बजार पुँजीकरण ३३ खर्ब ४९ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ ।  

गत वर्षको यस अवधिसम्म धितोपत्र बजार पुँजीकरण २९ खर्ब ८६ अर्ब २० करोड रुपैयाँ रहेको थियो ।  

गत आवको तुलनामा चालु आर्थिक वर्षमा सूचीकृत कम्पनीको संख्या बढ्न पुग्दा धितोपत्र बजार पुँजीकरण थपिन पुगेको हो । साथै सूचीकृत कम्पनीहरुले आफ्ना सेयरधनीहरुलाई वितरण गरेको बोनस सेयर समेत नेप्समा सूचीकृत हुन पुग्दा धितोपत्र बजार पुँजीकरण बृद्धि भएको हो ।  

गत आवको तुलनामा चालु आर्थिक वर्षमा मात्रै नेप्सेमा १६ वटा कम्पनी सूचीकृत भएका छन् । प्रिमियम मूल्यमा आईपीओ ल्याएका ४ जीवन बीमा कम्पनी र एक पुनर्बीमा कम्पनी सूचीकृत भएका थिए । जसमा हिमालयन रि इन्स्योरेन्सले ठूलो संख्यामा आईपीओ जारी गरेको थियो । यसकारण पनि गत आवको तुलनामा धितोपत्र बजार पुँजीकरण बृद्धि हुन पुगेको हो ।  

२०८१ जेठ मसान्तमा नेपाल स्टक एक्सचेन्ज ९नेप्से०मा सूचीकृत कम्पनीहरूको संख्या २७० पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १३२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन्भने ९१ जलविद्युत् कम्पनी, २२ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन् । २०८० जेठमा सूचीकृत कम्पनीहरूको संख्या २५४ रहेको थियो ।

New Office
CG Motors
Garima Development Bank

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५८.३ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत्कम्पनीको हिस्सा १५.० प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.२ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ६.७ प्रतिशत, होटेलको हिस्सा २.९ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ९.४ प्रतिशत रहेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८१ जेठ मसान्तमा सूचीकृत ८ अर्ब ३१ करोड शेयरको चुक्ता मूल्य ८ खर्ब २३ अर्ब ३१ करोड रुपैयाँ रहेको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.