शनिबार, माघ १७,२०८२ 08:27:02
Bizshala
  • शनिबार, माघ १७,२०८२ 08:27:02
Bizshala
Global IME Bank Limited
Bizshala

धितोपत्र बजार पूँजीकरण रु.४३.६८ खर्ब पुग्यो, कुन समूहको हिस्सा कति ?

धितोपत्र बजार पूँजीकरण रु.४३.६८ खर्ब पुग्यो, कुन समूहको हिस्सा कति ?
Shivam Cement

काठमाण्डौ । एक वर्षको अन्तरालमा सेयरबजार १.०१ प्रतिशतले घट्न पुगको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको मंसिर महिनामा नेप्से परिसूचक २६०१.६२ विन्दुमा कायम भएको छ । गत वर्षको सोही अवधिसम्म भने नेप्से परिसूचक २६२८.२९ विन्दुमा रहेको थियो । नेप्से सूचकसँगै धितोपत्र बजार पूँजीकरण पनि १.८२ प्रतिशतले घटेको छ । 

Bizshala
Garima Development Bank
New Office

२०८१ को मंसिर महिनासम्म ४४ खर्ब ४९ अर्ब ११ करोड रुपैयाँ रहेको धितोपत्र बजार पूँजीकरण २०८२ को मंसिर महिनामा ४३ खर्ब ६८ अर्ब १७ करोड रुपैयाँ कायम भएको छ । २०८१ को मङ्सिर मसान्तमा बजार पुँजीकरण कुल गार्हस्थ्य उत्पादनको ७७.९३ प्रतिशत रहेकोमा २०८२ मङ्सिरमा ७१.५२ प्रतिशत रहेको छ । २०८२ मङ्सिर मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको सङ्ख्या २८५ पुगेको छ । 

सूचीकृत कम्पनीहरूमध्ये १३३ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९७ जलविद्युत्कम्पनी, २६ उत्पादन तथा प्रशोधन उद्योग, ८ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र १० अन्य समूहका रहेका छन् । २०८१ मङ्सिरमा सूचीकृत कम्पनीहरूको सङ्ख्या २६७ रहेको थियो । सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५२.५ प्रतिशत रहेको छ । 

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

त्यसैगरी, जलविद्युत्कम्पनीको हिस्सा १५.२ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.४ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ६.५ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ४.९ प्रतिशत, होटेलको हिस्सा ३.१ प्रतिशत तथा अन्य समूहका कम्पनीहरूको हिस्सा १०.४ प्रतिशत रहेको छ ।

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.